images
images

कटारीमा दुर्गा प्रसाईलाई मोसो दलेको विरोधमा प्रदशर्न , एमालेको कडा आलोचना

जन्ताभ्वाईस सम्वाददाता
२३ असोज , मंगलबार , २०८०
कटारी/ सोमबार काठमाडौंमा राष्ट्र राष्ट्रियता ,धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका प्रमुख व्यवसायी दुर्गा प्रसाईलाई मोसो दलिएको विरोधमा कटारीमा पनि प्रदशर्न गरिएको छ । महाअभियान अन्तर्गत उदयपुरका अभियन्ता निशान राईका अनुसार कटारीमा अभियानका कार्यालयबाट र्याली सहित कटारी बजार परिक्रमा गरी भूगोलपार्कमा कोण सभा गरिएको थियो ।
सभालाई सम्वोधन गर्दै अभियन्ता विजय थापाले प्रसाईलाई वेलुनमा कालो मसी हालेर गाडी भित्र हानेको बताउँदै उक्त मसी हाल्ने एमालेको कार्यकर्ता भएको भन्दै अध्यक्ष केपी ओलीको दिनगन्ती सुरु भएको बताउनुभयो । त्यसैगरी महेस वस्नेतको विरुद्धमा उभिएको भन्दै आफुलाई छोएर देखाउन थापाले चुनौती दिनुभयो ।
भुँईमान्छेका लागि प्रसाईको जन्म भएको भन्दै लघुवित्त , वैंकका म्यानेजर , मिटर व्याजीहरुलाई अन्त्य गर्ने भन्दै मिटरव्याजीहरुलाई टाउको काट्ने धम्की पनि थापाले दिनुभयो । अभियानको आस्थामाथि घात भएको भन्दै थापाले हतोत्साहित नहुन आग्रह गर्दै थापाले मदन भण्डारीजस्तो नेतालाई मार्ने र श्रीमतिलाई रखेल बनाउने नेता भएकाले ओली र वस्नेतलाई ठिक लाउने पनि थापाले बताउनुभयो ।
एमाले गुण्डा , भ्रष्टाचारी , आतंककारी र व्यभिजारी भएकाले अन्त्यका लागि सवै एकहुन थापाले आग्रह गर्नुभयो । कोणसभालाई समापन गर्दै उदयपुर अभियन्ता निशान राईले दुर्गा प्रसाई महान व्यक्ति भएकाले यस घटनाको क्षतिपूर्ति राज्यले व्यहोर्नुपर्ने बताउनुभयो । कटारी बजारमा र्याली निकाल्दै उनीहरुले केपी ओली विरुद्ध चर्को नारा तथा लघुवित्त र सहकारी , मिटरव्याजीहरुको अन्त्य लगायतका नारा लगाएका थिए । https://www.youtube.com/watch?v=miUHSYj2_VQ