जन्ताभ्वाईस सम्वाददाता
२२ असोज , सोमबार , २०८०
कटारी /कटारी , ५ भोर्लेमा प्रथम शलेस कप २०८० सोमबारदेखि सुरु भएको छ । शलेस युवा क्लवको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उदघाटन खेलमा कटारी भेट्रानले जित हासिल गरेको छ ।
भेट्रानले शलेस युवा क्लव वी लाई २ का विरुद्ध ४ गोल गर्दै जित निकालेको हो । प्रतियोगितामा २३ टिम सहभागी छन् । क्लवका सचिव सुमन श्रेष्ठका अनुसार प्रतियोगिता आगामी कार्तिक ४ गते सकिनेछ ।
प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ का साथमा शिल्ड , मेडल र प्रमाण पत्र हात पार्नेछन् भने उपविजेताले नगद ३५ हजार ५ का साथमा शिल्ड , मेडल र प्रमाण पत्र हात पार्नेछन् । त्यसैगरी उत्कृष्ट गोल कर्ताले एकजोर फुटबल जुत्ता , उत्कृष्ट खेलाडीले एकजोर पञ्जा र उत्त्कृष्ट खेलाडीले जर्सी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उदघाटन कोशी प्रदेश सभा सदस्य रामकुमार खत्री , कटारी नगरपालिकाका उपमेयर गिता खड्का , वडाध्यक्ष मोहन तामाङ्ग लगायचतले गरेका थिए ।


जनता भ्वाइस 








