images
images

च्याँगामा जारी फुटबलमा पशुपति गण र सिसाघारी विजयि

जन्ताभ्वाईस सम्वाददाता
२२ असोज , सोमबार , २०८०

कटारी /कटारी ३च्याँगामा जारी फुटबलको सोमबारको खेलमा पशुपति गण वेलसोत र सिसाघारी फुटबल क्लव विजयी भएका छन् । विहानको खेलमा खोक्सा फुटबल क्लवलाई ० का विरुद्ध १ गोल गर्दै पशुपति विजयी भएको होे ।
खोेक्साले आत्मघाति गोल खाएपछि पराजित भएको हो । खेलमा खोक्साले पेनाल्टीको अवसर पाएपनि गोल गर्न सकेन । खेलको म्यान अफ द म्याच पशुपपतिका गोल रक्षक राजहाङ्ग राई घोेषित भए ।
त्यसैगरी वेलुकीको खेलमा दुधौलीको लालपुर क्लवलाई ० का विरुद्ध १ गोल गर्दै सिसाघारी फुटबल क्लव विजयी भयो । प्रतियोगिताका संयोेजक यज्ञकुमार राईका अनुसार सिसाघारीका रोशन कुमरले गोल गरेका थिए । कुमर खेलको म्यान अफ द म्याच बने ।