जन्ताभ्वाईस सम्वाददाता
२२ असोज , सोमबार , २०८०
कटारी / ईलाका प्रहरी कार्यालय कटारीले विभिन्न समयमा वन मुद्दामा फरार चारजनालाई यहि साताभित्र पक्राउ गरेको छ । कार्यालयका प्रमुख डिएसपी सुभाष राईका अनुसार पक्राउ पर्नेमा कटारी ४ का ५ हजार ९ सय २४ जरिवाना तोकिएका चन्द्रकला अधिकारी , र दर्जी तामाङ्ग रहेका छन् । त्यसैगरी कटारी , २ का २ हजार १० रुपैंया २८ पैसा जरिवाना तोकिएका श्यामकुमार सदा र लखना सदा रहेका छन् ।
प्रहरीको सकृयतासँगै रातको समयमा संकास्पद अवस्थामा हिंडडुल गर्ने २१ पुरुषलाई सम्झाई वुझाई छोडिएको छ । त्यसैगरी प्रहरीले पछिल्लो समय अवैध रुपमा ल्याउँदै गरेको २ लाख बराबरको कबिर खैनी , ७१ व्टा बोरा , गुट्खा २ बोरा , ८ हजार बराबरको हिरोबिंडी पक्राउ गरी आन्तरिक अनुसन्धान विभाग ईटहरीमा बुझाएको छ ।
त्यस्तै लागु औषध नियन्त्रणका लागि प्रहरीले चालेको पछिल्लो कदममा ४ जनालाई लागु औषध सहित पक्राउ गरिसकेको छ । लागुऔषध ट्रामाडोल ६० चक्की , स्पासमेन १ सय ३० चक्की पोल्याण्ड १ सय २६ ग्राम सहित कटारी , ४ का सोमकृष्ण राई , कटारी , ३ का करण तामाङ्ग र विशाल तामाङ्गलाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै कटारी ६ का राजकुमार श्रेष्ठलाई ३७ पोका लागुऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै अभद्र व्यवहारका ५ जनामाथि पनि प्रहरीले अनुसन्धान गरेको डिएसपी राईले बताउनुभयो ।


जनता भ्वाइस 







