जन्ताभ्वाईस सम्वाददाता
२२ असोज , सोमबार , २०८०
कटारी / ईलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका वडा नम्बर , ३ देवीधापबाट असोज १३ गते राति चोरी भएको जेनेरेटर , डिक्स , लगायतका सामाग्री चोरी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । कार्यालयका प्रमुख डिएसपी सुभाष राईका अनुसार देवीधापकी गजाला खातुनले संञ्चालन गरेको टायर पसलबाट चोरी गर्नेहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कटारी , ४ का ३१ वर्षिय बनिोद विष्ट , र वडा नम्बर ६ का वर्ष २२ को अमृत थापा मगर र सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १० घर भई कटारी , ४ तल्लो कटारी वस्दै आएका ३३ वर्षिय कुमार दनुवार रहेका छन् । उनीहरुलाई प्रहरीले असोज २० गते पक्राउ गरेको हो ।
पक्राउ गरी प्रहरीले जिल्ला अदालत उदयपुरबाट पहिलो पटकका लागि १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको पनि डिएसपी राईले बताउनुभयो । उनीहरुले २ वटा जेनेरेटर , २० थान डिक्स , ४० थान सेकेण्ड ह्याण्ड टायर , ग्यास सिलिण्डर ट्युब बनाउने मेसिन १ थान र साईकल १ थान चोरी गरेको आरोप छ । प्रहरीका अनुसार उनीहरुलाई २ लाख बराबरको सामाग्री चोरी गरेको आरोप छ ।


जनता भ्वाइस 







