images
images

च्याँगामा जारी प्रथम च्याँगा खुल्ला नकाउट फुटबलमा क्वाटरफाईनलका खेलहरु सुरु

जन्ताभ्वाईस सम्वाददाता
२१ असोज , आईतबार , २०८०
कटारी / कटारी , ३ च्याँगामा जारी प्रथम च्याँगा खुल्ला नकाउट फुटबल प्रतियोगिता , २०८० मा आईतबार देखि क्वाटरफाईनलका खेलहरु सुरु भएका छन् । विहानको पहिलो क्वाटरफाईनलमा ताराघारी फुटबल क्लवलाई २ का विरुद्ध ३ गोल गर्दै सगरमाथा फुटबल क्लव विजयी भएको छ । खेलमा सगरमाथाका लागि ह्याट्रिक गरेका प्रितम धार्मी म्यान अफ द म्याच घोषित भए । उनलाई आयोजक च्याँगा फुटबल क्लवका कोषाध्यक्ष तथा प्रतियोगिताका आर्थिक विभाग संयोजक ओमराज राईले नगद पुरस्कार प्रदान गरे ।
त्यसैगरी वेलुकीको खेलमा आयोजक च्याँगा फुटबल क्लवले टाईपव्रेकरमा दुधौली एकता फुटबल क्लवलाई ३ का विरुद्ध ४ गोल गर्दै जित हात पार्यो । खेल अवधिमा दुवै टिमले गोल गर्न नसकेपछी टाईपव्रेकरबाट नतिाज निकालिएको हो ।
खेलको म्यान अफ द म्याच च्याँगाका सुजल गिरी घोषित भए । उनलाई पनि क्लवका कोषाध्यक्ष तथा प्रतियोगिताका आर्थिक विभाग संयोजक ओमराज राईले नगद पुरस्कार प्रदान गरे ।
च्याँगा फुटबल क्लवको आयोजनामा असोज १५ दे िखजारी प्रतियोगिताको विजेताले नगद २१ हजारको साथमा शिल्ड , मेडल र प्रमाण पत्र , उपविजेताले नगद ११ हजारका साथमा शिल्ड , मेडल र प्रमाण हात पार्ने छन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट गोल रक्षक , उत्कृष्ट गोलकर्तालाई पनि नगद पुरस्कारका साथमा प्रमाण पत्र र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक यज्ञ कुमार राईले बताउनुभयो ।
संयोजक राईका अनुसार प्रतियोगिताका दुधौली र कटारीका गरी २३टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिता आगामी असोज २९ गते सकिनेछ ।