जन्ताभ्वाईस सम्वाददाता
२१ असोज , आईतबार , २०८०
कटारी/ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश समितिले कटारी ८ का माओवादीका नगर समिति सदस्य विक्रम थापा र प्रदेश सल्लाहाकार देवबहादुर थापा (वसन्त)लाई कार्वाही गरेको छ । शनिबार समितिले जानकारी गराउँदै दुवैजनालाई गएको स्थानीय तहको निर्वाचनमा पार्टी विपरितका गतिविधिमा प्रत्यक्ष संलग्न रहेको भन्दै कार्वाही गरेको जनाएको हो ।
पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुृर नेम्वाङ्ग (मिक्सो ) र सचिव गणेश उप्रेती शुसिल हस्ताक्षरित जानकारी पत्रमा कार्वाही गरिएको जानकारी गराईएको हो । दुवैलाई पार्टीको नगर समितिले गरेको कार्वाहीलाई अनुमोदन गरिएको जनाईएको छ ।
पत्रमा पार्टीको विधान धारा ५७ को (१) ,विधानको धारा ५७ को २ बमोजिम कसुर गरेको भन्दै कार्वाही गरिएको जनाएको छ । कटारी , ८ का दुवैजनाले गएको स्थानीय निर्वाचनमा पार्टीका वडाध्यक्ष उमेद्वार कमल श्रेष्ठमाथि अन्र्तघात गरेको पार्टीका ठहर थियो । वडाध्यक्षको आकांक्षी समेत रहेका प्रदेश सदस्य थापाले उमेद्वारी नपाएपछी अन्र्तघात गरी स्वतन्त्र उमेद्वार नविन्द्र तामाङ्गलाई सहयोग गरी पार्टीका अध्यक्ष उमेद्वारलाई पराजित गरेको पार्टीको ठहर छ ।
नगर सदस्य थापालाई नगर समितिको कार्वाही अनुमोदन र प्रदेश सल्लाहाकार सदस्य थापालाई प्रदेश समितिले निलम्बन गरेको हो । दुवैलाई आगामी दिनमा पार्टी प्रति देखाउने प्रतिकृया अनुसार सदस्यबाट निष्कासन गर्ने वा कार्वाही फुकुवा गर्ने पार्टीमा निहित हुने पनि जनाईएको छ ।


जनता भ्वाइस 







