images
images

कटारीमा स्थानीय तह परियोजना सल्लाहाकार समितिको वैठक सम्पन्न

जन्ताभ्वाईस सम्वाददाता
२१ असोज , आईतबार , २०८०
कटारी / कटारी नगरपालिकामा आईतबार स्थानीय तह परियोजना सल्लाहाकार समितिको वैठक सम्पन्न भएको छ । वल्ड भिजनको सहयोगमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुर , जाल्पा एकीकृत विकास समाज उदयपुर , वल्ड नेवर्सको सहयोगमा हुरेण्डेक उदयपुरद्वारा संञ्चालित परियोजनाहरुले गरेका विगतका उपलब्धि र आगामी कार्यक्रमहरुको बारेमा जानकारी गराउन वैठक वसेको हो ।
कटारी नगरपालिकाका उपमेयर गिता खड्काको अध्यक्षतामा सम्पन्न वैठकमा वोल्दै उपमेयर खड्काले परियोजनाहरुको कार्यक्रम प्रभावकारी भएको भन्दै साझेदारीमा सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनुभयो । अन्य वडामा पनि कार्यक्रम विस्तार गर्न पनि साझेदार संस्थाहरुलाई उपमेयर खड्काले आग्रह गर्नुभयो ।
त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले पहिलो पटक साझेदार संस्थाहरुले नगरस्तरीय वैठक मार्पmत कार्यक्रम र संस्थाका बारेमा जानकारी गराएकाले वैठक महत्वपूर्ण भएको बताउनुभयो । साझेदार संस्थाहरुको परियोजनाहरुलाई नगरको रातो कितावमा नै समावेश गर्ने पनि अधिकृत किरातीले प्रतिवद्धता जनाउनुभयो ।
साझेदार संस्थाहरुले हाल कटारी नगरपालिकाको वडा नम्बर ८ र ९ मा परियोजना संञ्चालन गरिरहेका छन् । उक्त परियोजनाहरु आगामी सन् २०२५ सम्मको लागि रहेकाले सोही परियोजनाका कार्यक्रमहरुका वारेमा समिक्षा र जानकारी गराईएको हो ।
कार्यक्रममा वोल्दै वडा नम्बर ९ का वडाध्यक्ष वेगबहादुर आले मगरले वडामा वर्थिङ्ग सेण्डरका लागि आवश्यक सामाग्री सहयोग गर्न संस्थाहरुसँग अपेक्षा राख्नुभयो । कार्यक्रममा परियोजनाहरुको बारेमा जानकारी गराउँदै हुरेण्डेकका अध्यक्ष शंकर बहादुर थापाले जाल्पाले ३२ र हुरेण्डेकले २२ बुँदाका कार्यक्रमहरु संञ्चालनको तयारी गरेको बताउनुभयो ।
कार्यक्रममा वल्ड नेवर्सका कार्यक्रम संयोजक विनु सुवेदी , जाल्पाका उपाध्यक्ष केशव कार्कीले परियोजनाहरुका बारेमा सहकार्य गर्न स्थानीय सरकारसँग आग्रह गरेका थिए । परियोजनाका बारेमा विस्तृत जानकारी वल्ड भिजनका कार्यक्रम अधिकृत आनन्त खड्का , हुरेण्ेडकका कार्यक्रम व्यवस्थापक विकल सुवेदी र जाल्पाका कार्यक्रम अधिकृत गेसबहादुर मगरले दिएका थिए ।
कार्यक्रममा कटारी नगरपालिकाका वडा नम्बर ८ का वडाध्यक्ष नविन्द्र तामाङ्ग , वडा नम्बर ९ का वडाध्यक्ष वेगबहादुर आले मगर , र नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।