images
images

च्याँगामा जारी फुटबलमा खोक्सा र सिर्जनशिल सिसाघारी विजयी

जन्ताभ्वाईस सम्वाददाता
१९ असोज , शुक्रबार , २०८०
कटारी / कटारी , ३ च्याँगामा जारी प्रथम च्याँगा खुल्ला नकाउट फुटबल प्रतियोगिता , २०८० को शुक्रबारको खेलमा खोक्सा फुटबल क्लव कटारी , २ र सिर्जनशिल फुटबल क्लव कटारी , ५ विजयी भएका छन् । विहानको खेलमा टाँडी फुटबल क्लवलाई ० का विरुद्ध २ गोल गर्दै खोक्सा फुटबल क्लव कटारी , २ विजयी भएको हो ।
खोक्साका लागि मिलन परियारले २ गोल गरेका थिए । त्यसैगरी वेलुकीको खेलमा कमलाखोंज फुटबललाई ०का विरुद्ध १ गोल गर्दै सिर्जनशिलले जित निकालेको हो । खेलमा सिर्जनशिलका लागि सुमन मगरले खेलको सुरुवातमै १ गोल गरेका थिए । मगरको गोल नै खेलमा निर्णायक बनेको हो ।
च्याँगा फुटबल क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद २१ हजारको साथमा शिल्ड , मेडल र प्रमाण पत्र , उपविजेताले नगद ११ हजारका साथमा शिल्ड , मेडल र प्रमाण हात पार्ने छन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट गोल रक्षक , उत्कृष्ट गोलकर्तालाई पनि नगद पुरस्कारका साथमा प्रमाण पत्र र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक यज्ञ कुमार राईले बताउनुभयो ।
संयोजक राईका अनुसार प्रतियोगिताका दुधौली र कटारीका गरी २३टिमले प्रतिष्पर्धा गर्नेछन् । राईका अनुसार प्रतियोगिताको दोस्रो चरणको खेलदेखि म्यान अफ त म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता आगामी असोज २९ गते सकिनेछ ।