images
images

कटारीमा विद्युतिय चुलो सम्वन्धि अन्र्तकृया सम्पन्न

जन्ताभ्वाईस सम्वददाता
१७ असोज , बुधबार , २०८०
कटारी/ नेपाल विद्युतिय चुलो परियोजना अन्र्तगत विद्युतिय चुलो विषयक एकदिने अन्तकृया कार्यक्रम कटारीमा वुधबार सम्पन्न भएको छ । उदयश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड कटारीको आयोजनामा उदयपुर उद्योग वाणिज्य संघको हलमा अन्र्तकृया सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष सुदिप बरालको सभापतित्व र कटारी वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्काको प्रमुख आतिथ्यतामा अन्र्तकृया सम्पन्न भएको हो । अन्र्तकृयामा विद्युतिय चुलोबारे जानकारी दिंदै अजम्बरी विकास फाउण्डेसनका कार्यक्रम अधिकृत कृष्ण दुवालले दाउरा र ग्याँसभन्दा सस्तो र स्वास्थ्यलाई समेत राम्रो बनाउने भएकाले विद्युतिय चुलोको प्रयोग गर्नुपर्ने बताउनुभयो ।
नेपाल सरकारले सन २०३० सम्ममा २५ प्रतिशत विद्युतिय चुलो प्रयोगकर्ता बनाउने लक्ष्य अनुसार परियोजनाले पनि विभिन्न पालिकाहरुमा कार्यक्रमहरु संञ्चालन गरिरहेको दुवालको भनाई थियो । परियोजनाले चुलो विक्री पश्चात ५ वर्ष नियमित अुनगमन गर्ने समेत दुवालले बताउनुभयो ।
कटारीमा उदयश्री वचत तथा ऋण सहकारी संस्थाको सहकार्यक्रमा विद्युतिय चुलो विक्री वितरण भईरहेको छ । थप जानकारीका लागि संस्थामा सम्पर्क गर्न संस्थाका अध्यक्ष बरालले अनुरोध गर्नुभयो । कार्यक्रममा कटारीका विभिन्न टोल विकास संस्था तथा सरोकारवाला निकायका व्यक्तिहरुको सहभागीता रहेको थियो ।