images
images

च्याँगामा जारी फुटबलमा सिसाघारी र सगमारमाथा फुटबल क्वल विजयी

जन्ताभ्वाईस सम्वाददाता
१७ असोज , बुधबार , २०८०
कटारी / कटारी , ३ च्याँगामा सोमबारदेखि जारी प्रथम च्याँगा खुल्ला नकाउट फुटबल प्रतियोगिता , २०८० को बुधबारको खेलमा सिाघाचरी फुटबल क्लव र सगरमाथा फुटबल क्लव विजयी भएका छन् । विहानको खेलमा गराँस फुटबल क्लव बी समूहलाई ० का विरुद्ध ४ गोल गर्दै सिसाघारी विजयी भएको हो ।
सिसाघारीका लागि दिपेन्द्र भुजेल , ईशान भुजेल ,सुजन अधिकारी र रोशन कुमरले गोल गरेका थिए । त्यसैगरी वेलुकीको खेलमा ब्रोदर्स फुटबल क्लवलाई ० का विरुद्ध १ गोल गर्दै सगरमाथा फुटबल क्लवले जित निकालेको हो । खेलमा सगरमाथाका लागि ध्रुव तामाङ्गले गोल गरे ।
च्याँगा फुटबल क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद २१ हजारको साथमा शिल्ड , मेडल र प्रमाण पत्र , उपविजेताले नगद ११ हजारका साथमा शिल्ड , मेडल र प्रमाण हात पार्ने छन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट गोल रक्षक , उत्कृष्ट गोलकर्तालाई पनि नगद पुरस्कारका साथमा प्रमाण पत्र र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक यज्ञ कुमार राईले बताउनुभयो ।
संयोजक राईका अनुसार प्रतियोगिताका दुधौली र कटारीका गरी २३टिमले प्रतिष्पर्धा गर्नेछन् । राईका अनुसार प्रतियोगिताको दोस्रो चरणको खेलदेखि म्यान अफ त म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता आगामी असोज २९ गते सकिनेछ ।