जन्ताभ्वाईस सम्वाददाता
१५ असोज , सोमबार , २०८०
कटारी /कटारी , ३ च्याँगामा आजदेखि सुरु प्रथम च्याँगा खुल्ला नकाउट फुटबल प्रतियोगिता , २०८० मा दुधौली एकता फुटबल क्लवले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उदघाटन खेलमा कटारी टाईगर टिमलाई २ का विरुद्ध ४ गोल गर्दै दुधौलीले विजयी सुरुवात गरेको हो ।
प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि कटारी नगरपालिका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले नगरपालिकाले खेलकुदको विकासमा सँगै प्राथमिकतामा राख्ने बताउनुभयो । फुटबलले कटारी नगरपालिकालाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै मेयर श्रेष्ठले च्याँगामा भएको सुरुवात राम्रो भएको बताउनुभयो ।
कार्यक्रममा लिम्चुङ्बुङ गाउँपालिकाका उपाध्यक्ष पुष्पलाल राई , कटारी नगरपालिका , ३ का वडाध्यक्ष पुष्कर खड्काको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी नेपाली काँग्रेसका प्रदेश सभा तर्पmका सभापति दुर्गा मगर , जिल्ला भलिवल संघका तारा तामाङ् , वडा खेलकुद विकास समितिका अध्यक्ष दलबहादुर (सुब्बा) सुनुवार , ईलाका प्रहरी कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
च्याँगा फुटबल क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद २१ हजारको साथमा शिल्ड , मेडल र प्रमाण पत्र , उपविजेताले नगद ११ हजारका साथमा शिल्ड , मेडल र प्रमाण हात पार्ने क्लवका अध्यक्ष ऋषिबहादुर राईले बताउनुभयो । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट गोल रक्षक , उत्कृष्ट गोलकर्तालाई पनि नगद पुरस्कारका साथमा प्रमाण पत्र र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक यज्ञ कुमार राईले बताउनुभयो ।
संयोजक राईका अनुसार प्रतियोगिताका दुधौली र कटारीका गरी २३टिमले प्रतिष्पर्धा गर्नेछन् । राईका अनुसार प्रतियोगिताको दोस्रो चरणको खेलदेखि म्यान अफ त म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता आगामी असोज २९ गते सकिनेछ ।खेलको निर्णायक मुख्य रेफ्रीको जिम्मेवारी गोपाल लिम्बुले गर्नुभएको छ । प्रतियोगिता आयोजना विभिन्न व्यक्ति तथा देश विदेशमा रहेका स्थानीय खेलप्रेमीहरुको सहयोगबाट सुरु भएको क्वलका कोषाध्यक्ष ओमराज राईले बताउनुभयो ।
क्लवले देश विदेशमा रहेका खेलप्रेमी स्थानीयको सहयोगमा निर्माण गरेको खेल मैदानमा प्रतियोगिताको आयोजना गरेको पनि कोषाध्यक्ष राईले बताउनुभयो । मैदान अभावमा गाउँका युवाहरुले स्थानीय च्याँगा खोलाको वगरलाई वाँध निर्माण गरी खेल मैदान निर्माण गरेका हुन् । मैदान सम्म जाने बाटो लगायतको विकासका काम अझ वाँकी रहेको पनि कोषाध्यक्ष राईले बताउनुभयो । खेल विहान र वेलुकी गरेर दुई समय खेलाईने आयाेजकले जनाएकाे छ ।
फोटोहरु 


जनता भ्वाइस 























