जन्ताभ्वाईस सम्वाददाता
१४ , असोज , आईतबार , २०८०
क्टारी /कटारी , ३ स्थित महादेव गुफा तथा पर्यटन प्रवद्धृन व्यवस्थापन समितिले आगामी असोज २० गते वार्षिक साधारण सभा गर्ने भएको छ । समितिले २० असोज शनिबार विहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको समितिका सचिव रोशन श्रेष्ठले बताउनुभयो ।
समितिले सभाको अवसरमा १७ जना आजिवन सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गर्ने कार्यक्रम तय गरेको छ । त्यसैगरी सभाले नयाँ कार्य समिति गठन तथा राजिनामा सम्बन्धि छलफल समेत गरी निर्णय गर्ने तयारी गरेको छ । सल्लाहाकार समिति गठन गर्ने तथा विभिन्न विषयमा छलफल गर्न सम्पूर्ण सरोकारवालाहरुलाई समितिले उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।


जनता भ्वाइस 







