images
images

ज्येष्ठ नागरिक दिवस कटारीमा पनि मनाईयो

जन्ताभ्वाईस सम्वाददाता
१४ असोज , आईतबार , २०८०
कटारी / ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आईतबार कटारीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । संयुक्त राष्ट्र संघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको हो ।
कटारीमा कटारी जेष्ठ नागरिक संघले एक कार्यक्रमको आयोजना गरी यो दिवश मनाईएको हो ।जेष्ठ नागरिक संघ कटारीका अध्यक्ष विष्णु दाहालको अध्यक्षता र कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा दिवश मनाईएको हो ।
दिवशको अवसरमा कटारीमा चेतनामुलक र्याली सहित परिक्रमा गरिएको थियो । र्याली पश्चात नगरपालिकाको हलमा सम्पन्न कार्यक्रममा मेयर श्रेष्ठले ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुभयो । वडा नम्बर १ देखि ७ सम्मका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।