images
images

तावाखाेलाले वगाउँदा एकजनाकाे मृत्यु

जन्ताभ्वाईस सम्वाददाता १२ असोज , शुक्रबार , २०८०

कटारी / कटारी नगरपालिका , ३ राजावासका १९ वर्षिय मनोज वस्नेतको तावाखोलाले बगाएर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईका अनुसार विहिबार साँझदेखि वेपत्ता भएका वस्नेतको शुक्रबार शव फेला परेको हो ।
उपरीक्षक राईका अनुसार तावा खोलाले वगाएको मनोजको शव शुक्रबार सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ८ वटाहा फेला परेको हो । विहिबार साँझ कटारी बजारबाट घर जाँदै गर्दा मनोजलाई तावा खोलाले बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मनोजले विहिबार साँझ आफु कटारीबाट आउँदै गरेको र तावाखोला नजिक आईपुगेको टेलिफोनमा घरपरिवारलाई जानकारी गराएका थिए । घर आईपुग्न लागेको जानकारी गराएका मनोज घर आईनपुगेपछी रातभरी खोजि गरिएको थियो ।
रातभरी खोज्दा पनि नभेटिएको मनोजको शव तावा खोलाले वगाएर वटाहा पुराएको अवस्थामा भेटिएको स्थानीय देव ढुंगेलले बताएउनुभयो । कटारी क्षेत्रमा वर्षा भएको थिएन् । वर्षा नभएपनि खोलामा सामान्य वाढी सहित खोला धमिलो रहेको पाईएको पनि स्थानीय ढुंगेलले जानकारी बताउनुभयो । शवलाई पोष्ट मार्टमका लागि कटारी अस्पत्तालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी प्रमुख उपरीक्षक राईले जानकारी दिनुभयो ।