जन्ताभ्वाईस सम्वाददाता
११ असोज , विहिबार , २०८०
कटारी /रेबिज नियन्त्रण , एक स्वास्थ्य एक गन्तव्य भन्ने मुल नाराका साथ विहिबार कटारीमा पनि १७ औं विश्व रेबिज दिवस २०२३ मनाईएको छ । कटारी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा दिवश मनाईएको हो ।
दिवशको अवसरमा घरपालुवा जनावरहरुलाई निशुल्क रेबिन विरुद्धको खोप लगाईको शाखा प्रमुख विजया न्यौपानेले बताउनुभयो । दिवशको अवसरमा आयोजित कार्यक्रममा कटारी नगरपालिकाकी उपमेयर गिता खड्का , वडा नम्बर २ का अध्यक्ष प्रेम थापा ,वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्का , ४ का वडाध्यक्ष भूपेन्द्रसिंह तामाङ्ग लगायतको उपस्थिति रहेको थियो ।
शाखा प्रमुख न्यौपानेका अनुसार रेबिज रोगको अन्त्यका लागि रेबिज विरुद्धको खोप घरपालुवा कुकुर लगायतका घरपालुवा जनावरलाई लाउनुपर्ने बताउनुभयो । रेबिज विरुद्ध जनचेतना पैmलाउँदै रेबिज विरुद्धको खोप लगाए यसवाट वच्न सकिने प्रमुख न्यौपानेले बताउनुभयो ।


जनता भ्वाइस 







