images
images

कटारी अस्पत्तालबाट तीन महिनामा १ सय २२ जनाको सर्पदंशको उपचार

जन्ताभ्वाईस सम्वाददाता
७ असोज, आईतबार
कटारी / कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा गरेको तीन महिनामा १ सय २२ जनाको उपचार गरिएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेको भन्दै अस्पतालबाट नै तीन महिना अघि सर्पदंशको उपचार सुरु गरिएको थियो ।
नगर अस्पतालका रूपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचार गरिएपछी धेरैको ज्यान बचाउन सकिएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाको सहकार्यमा सेवा सुरु गरिएको र हालसम्म अस्पत्तालबाट १ सय २२ जनाको उपचार गरिसकेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिडेन्टेड डा गौरव साहले बताउनुभयो ।
उपचारका लागि कटारी नगरपालिकासँगै सिन्धुलीको दुधौली नगरपालिकाको पूर्वी भेगबाट समेत विरामीहरु आएका थिए । विषालु सर्पको टोकाईबाट आएकाहरुको पनि उपचार गरी बचाउन सकिएको पनि डा.साहले बताउनुभयो । यस वर्षका लागि अभैm पनि एकमहिना सर्पदंशको जोखिम रहेकाले सजगता अपनाउन पनि डा.साहले आग्रह गर्नुभयो ।