images
images

कटारीमा सम्पन्न खुल्ला फुटबलको उपाधि गराँसलाई (फोटोहरु सहित )

जन्ताभ्वाईस सम्वाददाता
६ असोज , शनिबार , २०८०
कटारी/ कटारीमा २३ भदौ देखि जारी दोस्रो कटारी खुल्ला फुटबल प्रतियोगिता २०८० शनिबार सम्पन्न भएको छ । प्रतियोगिताको फाईनलमा सुघारे फुटबल क्लव कटारी ६ लाई ५ का विरुद्ध ६ गोल गर्दै गराँस फुटबल क्लव कटारी २ ले उपाधि कब्जा गरेको छ । खेल अवधिमा दुवै टिमबाट दुई दुई गोलको बराबरी भएपछी टाईपव्रेकबाट नतिजा निकालिएको हो ।
टाईपव्रेकरमा गराँसका लागि ४ जनाले गोल गर्दा सुघारेका लागि २ जनाले मात्रै गोल गरेका थिए । उपाधि कब्जा गर्दै गराँसले नगद नगद ४० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्दा उपविजेता सुघारेले नगद २५ हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
कटारी फुटबल क्लब केएफसी कटारीको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।आयोजक कटारी फुटबल क्लबका अध्यक्ष अमर लामाका अनुसार प्रतियोगितामा उदयपुर , सिरहा र सिन्धुलीका गरी २८ टिमले प्रतिष्पर्धा गरेका थिए । गराँसले गतसालको पहिलो प्रतियोगिता पनि कब्जा गरेको थियो ।