images
images

कटारी लागुऔषधको हब बन्दै गएको भन्दै सरोकारवालाद्वारा चिन्ता व्यक्त

जन्ताभ्वाईस सम्वाददाता
असाेज ४ , विहिबार , २०८०
कटारी / कटारी लागुऔषधको हब बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।बुधबार ईलाका प्रहरी कार्यालय कटारीको प्रमुखको जिम्मेवारीका रुपमा भर्खरै आउनुभएका डिएसपी सुभाष राईको परिचयात्मक कार्यक्रममा सरोकारवालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
डिएसपी राईको परिचयात्मक कार्यक्रमसँगै भएको सुरक्षा सम्बन्धि अन्र्तकृयामा सहभागीहरुले लागुऔषधकै कारण कटारीमा छोराछोरी राख्न समेत डराउनुपर्ने अवस्था आएको बताएका थिए । कार्यक्रममा वोल्दै त्रिवेणी मावि कटारीका प्रधानाध्यापक वालकृष्ण कार्कीले प्रहरीले लागुऔषधको कार्वाहीलाई कडा गर्दा विद्यालयमा पनि सहज हुने नगर्दा त्यसको असर विद्यालय सम्म नै आईपुग्ने बताउनुभयो ।
सिरहा , र सिन्धुलीको सिमानामा रहेको यस पालिकामा विभिन्न व्यक्तिहरुले लागुऔषध ओेसार पसार गर्ने र सेवन गर्ने क्रम बढ्दो रहेकोमा सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा वोल्दै कार्यालय प्रमुख डिएसपी राईले सवैको सुझावलाई स्मरण गर्दै प्रभावकारी कदम चाल्ने बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रामकुमार खत्री , कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ , उपमेयर गिता खड्का , विभिन्न वडाका वडाध्यक्षहरु , राजनीतिक दलका प्रतिनिधिहरु , विभिन्न कार्यालयका प्रमुखहरु तथा कटारीका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।