images
images

संविधान दिवशको अवसरमा १ सय ७० जनाको निशुल्क उपचार

जन्ताभ्वाईस सम्वाददाता
३ असोज वुधबार , २०८०
कटारी/ संविधान दिवशको अवसरमा कटारी नगरपालिकाले कटारी अस्पत्तालमा गरेको निशुल्क उपचारमा १ सय ७० जनाले सेवा लिएका छन् । आज दिवशको अवसर पारेर कटारी नगरपालिकाले नगर अस्पत्ताल कटारी अस्पत्तालमा आकस्मिक उपचार सेवा निशुल्क सेवा प्रदान गरेको थियो ।
आकस्मिक भनिएपनि सवैखाले विरामीको निशुल्क उपचार गरिएको अस्पत्ताल विकास समितिका सदस्य पवन श्रेष्ठले बताउनुभयो । उपचार वापत लागेको अस्पत्तालको सवै खर्च कटारी नगरपालिकाले व्यहोर्ने कटारी नगरपालिकाका मेयर रोजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।