जन्ताभ्वाईस सम्वाददाता
२ असोज , मंगलबार , २०८०
कटारी / कटारी नगरपालिकाले संविधान दिवशको अवसरमा बुधबार असोज ३ गते कटारी अस्पत्तालबाट निशुल्क सेवा प्रदान गर्ने भएको छ । नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठ हस्ताक्षरित सुचना मंगलबार जारी गर्दै नगरपालिकाले नगर अस्पत्ताल कटारी अस्पत्तालबाट एकदिन निशुल्क सेवा दिने जनाएको हो । दिवशको अवसरमा अस्पत्तालमा आकस्मिक , टिकट , ल्याव परिक्षण , भिडियो एक्स रे , ईसिजी प्रोसिजर लगायतका सवै सेवा निशुल्क दिने सुचनामा उल्लेख गरिएको छ ।


जनता भ्वाइस 







