जन्ताभ्वाईस सम्वाददाता
२ असोज , मंगलबार , २०८०
कटारी/ समावेशी एफ एम ९२ दशमलव ३ मेगाहर्जले आप्mनो ७ औं वार्षिकोत्सवको अवसरमा कटारी , ५ वर्मजियाका स्वर्गिय बलबहादुर थापा मगरको परिवारलाई घर निर्माणका लागि जस्तापाता सहयोग गरेको छ । दुईवर्ष अघि मृत्यु भएका स्वर्गिय बलबहादुर थापामगरको हिन्दू धार्मिक मान्यता र संस्कारलाई चुनौती दिँदै मगरका १४ वर्षीया छोरी भगवतीले आपैmले शवलाई बोकेर घाट पुर्याई मृत्यु संस्कार गरेकी थिईन् ।
आर्थिक अवस्था कमजोर भएको र अरुको जग्गामा वस्दै आएको मगर परिवारलाई उक्त घटनापछी विभिन्न व्यक्तिहरुले सहयोग समेत गरेका थिए ।
विभिन्न संञ्चारमाध्यमहरुमा किरिया पुत्री वसेका मगरका छोरीहरुको समाचार पढेपछी सहयोगहरु प्राप्त भएका थियो ।
२०७८ साल २४ जेठमा वुवाको मृत्यु पश्चात बेपत्ता दाजुको बदलामा मृतक बाबुलाई दागबत्ती दिने र किरियापुत्री बस्ने कामसमेत भगवतीले गरेकी थिईन् । केहि निकायहरुले सहयोगको प्रतिवद्धता गरेपनि सहयोग प्राप्त नभएको मगर परिवारले बताएका छन् ।
घर समेत नभएपछि घर निर्माणमा सहयोग पुगोस भनेर ३५ हजार बराबरको जस्तापाता सहयोग गरेको एफ एमका अध्यक्ष रेनु पराजुलीले बताउनुभयो । भगवती हाल समावेसी एफ एममा कार्यक्रम संञ्चालिकाको रुपमा समेत कार्यरत छिन् । कटारीमा एफ एमले सोमबारदेखि छैंटौं वर्ष पुरा गरी सातौं वर्ष प्रवेश गरेको अवसरमा उक्त सहयोग गरेको हो ।


जनता भ्वाइस 








