जन्ताभ्वाईस सम्वाददाता
असोज १,सोमबार , २०८०
कटारी/ कटारी स्थित समावेशी एफ एम ९२ दशमलव ३ मेगाहर्ज सोमबार देखि छैंटो वर्ष पुरा गरी सातौ वर्षमा प्रवेश गरेको छ । २०७३ सालको असोज १ गते विश्वकर्मा पुजाका दिनदेखि एफ एमले आप्mनो नियमित प्रशारण शुभारम्भ गरेको थियो ।
‘हामी सवैको आवाज’भन्ने नाराका साथ एफ एमले समाचार , सुचना , विज्ञापन , मनोरञ्जन तथा जनचेतनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आईरहेको छ । दैनिक १८ घण्टा प्रशारणमा रहेको एफ एमले विशेष गरी ग्रामिण समाजका आवाज , विकृति , विसंगति , भ्रष्टाचार न्युनिकरणलाई प्राथमिकतामा राखेर संञ्चार संस्थाको काम गरिरहेको एफ एमका अध्यक्ष रेनु पराजुलीले बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा सवै सरोकारवाला , विज्ञापनदाता , तथा समस्त देश विदेशका स्रोताहरुलाई थप सहकार्यको लागि आव्हान गर्दै कमी कमजोरी औंलाईदिन पनि अध्यक्ष पराजुलीले आग्रह गर्नुभयो । आगामी दिनमा थप प्रभावकारी सचेतनामुलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु ल्याउने एफ एमका स्टेशन म्यानेजर सञ्जु राउतले बताउनुभयो । यो एफ एम हाम्रो पात्रो मार्पmत विश्वभरबाट समेत सुन्न सकिन्छ ।


जनता भ्वाइस 







