कटारी ,३ मा दुईदशकपछी आप्mनै जग्गामा पीडितहरु वसेपछी वनेको वस्ती । तस्बिर/ जन्ताभ्वाईस
जन्ताभ्वाईस सम्वाददाता
३१ भदौ , आईतबार , २०८०
कटारी / माओवादी शसस्त्र द्वन्द उत्कर्षमा पुगेका वेला कटारी नगरपालिका , ३ स्थित ताराघारीमा रहेको तत्कालिन शाही सेनाको क्याम्पले असुरक्षित भएको भन्दै जग्गा कब्जा गरेपछी विस्थापित भएकाहरु दुईदशकपछी वस्तीमा फर्किएका छन् । २०५९ साल असोज १९ गते दसैंको फुलपातीको अघिल्लो दिन सेनाले खतरा बढेको भन्दै क्याम्पसँगै रहेको स्थानीयको जग्गामा तारबार लगाएपछी विस्थापित भएकाहरु आप्mनै जग्गामा फर्किएका हुन् ।
त्यतिवेला सेनाले झण्डै एकदर्जन आसपासका स्थानीयको जग्गा कब्जा गरेको थियो । जसमध्ये दलबहादुर विस्वकर्मा , चन्द्रबहादुर मगर , फुलमाया परियार र पवित्रा पाण्डेको भने घरवासै उठेको थियो । अन्य स्थानीयको भने जग्गा मात्रै कब्जामा परेको थियो ।
विश्वकर्मा , मगर , परियार र पाण्डेको घरबास उठेपछी स्थानीय सदावहार सामुदायिक वन उपभोक्ता समूहले नजिकैको च्याँगा गाउँको चुरिया आधारभूत विद्यालय नजिक प्रतिपरिवार १५ धुर क्षेत्रफलमा छाप्रो हालेर वस्ने व्यवस्था गरिदिएको थियो । ‘द्वन्द सकिएपछी पनि धेरै भनसुन हारगुहार गर्दा पनि हाम्रो जग्गा फिर्ता भएको थिएन् ।’ पीडित चन्द्रबहादुर मगरले भन्नुभयो ‘दुईवर्ष अघि सेनाले क्याम्प छोडेर कटारीकै वडा नम्बर १ मा रहेको वेलसोत क्याम्पमा समायोजन भएपछी भने हामीले जर्वजस्ति आप्mनो जग्गा खनजोत गर्न थाल्यौं ।’
मगरका अनुसार त्यसपछी डिभिजन वन कार्यालय , नगरपालिकाका पदाधिकारीहरु तथा सर्वपक्षिय भेलाले विस्थापितहरुलाई जग्गा दिएको हो । ‘जग्गा त पायौं तर जग्गामा सेनाको तारजाली , फलाम लगायतका जोखिम हटाउन धेरै दुःख गर्नुपर्यो ।’दलबहादुर विश्वकर्माका छोरा २७ वर्षिय विकास विश्वकर्माले भन्नुभयो ‘आप्mनो जग्गा पाएपछी त हामीलाई त्यो दुःख दुःख जस्तो नै लागेन ।’विकासका बुवा दलबहादुर आप्mनो जग्गामा नफर्की च्याँगामै वितेको ६ वर्ष भयो ।
विस्थापित भएका पवित्रा पाण्डेको पनि जग्गामा नफर्की मृत्यु भयो । अहिले विश्वकर्माका छोरा विकास , पाण्डेका नाति विष्णु सापकोटाले आप्mनै जग्गामा घर बनाएर वस्ती वसाएका छन् । फुलमाया परियारले वस्तीमा घर बनाएपनि वेचविखन गरेर अन्यत्र वसाइसरी सकेको छिमेकी विश्वकर्माले बताउनुभयो ।
जग्गा पाएपछी किनवेच भयो घरहरु थपिए विस्थापित क्षेत्र वस्तीमा परिणत भएको छ । मगरका अनुसार २०५५ सालमा नापी भएर फिल्डबुकमा नाम चढाईएको जग्गा सेनाको कब्जाबाट उनीहरुले फिर्ता पाएका हुन् । हाल उक्त सेनाले छोडेको जग्गा र संरचना कटारी नगरपालिकाको स्वामित्वमा छ ।
जसको संरक्षणका लागि स्थानीयको जग्गा बाहेक क्याम्प क्षेत्रमा पर्खाल निर्माण सुरु गरिएको वडाध्यक्ष पुष्कर खड्काले बताउनुभयो । ‘स्थानीयले आ–आप्mनो जग्गा लिए अभैm एकजनाको जग्गा चाहिं सट्टा पट्टा गर्नुपर्ने देखिएको छ । ’उहाँले भन्नुभयो ‘त्यहाँको संरचनाहरु नगरपालिकाले नै प्रयोग गरिरहेको छ पछी यसलाई के बनाउने हो टुंगो लागेको छैन् ।’
२०५० सालमा सिद्धिचरण राजमार्गका कटारी–घुर्मी –ओखलढुंगा सडक निर्माणका लागि यहाँ क्याम्प बनाएर सेना राखिएको थियो । लगत्तै २०५२ मा माओवादी द्वन्द सुरु भएपछी सेनाले खतराबाट वच्न स्थानीयको जग्गा कब्जा गरेको थियो ।


जनता भ्वाइस 







