जन्ताभ्वाईस सम्वाददाता
३० भदौ , शनिबार , २०८०
कटारी/ कटारीमा २३ भदौ देखि जारी दोस्रो कटारी खुल्ला फुटबल प्रतियोगिता २०८० मा शनिबारदेखि क्वाटरफाईनलको खेलहरु सुरु भएको छ । पहिलो क्वाटर फाईनलमा भगवती फुटबल क्लव कटारी भगवती चोकलाई १ का विरुद्ध ३ गोल गर्दै विहानी फुटबल क्लव सिन्धुली विजयी भएको छ ।
खेलमा विहानीका लागि संजित कार्की , प्रकाश पाख्रिन र पवन पाख्रिनले एक एक गोल गरेका थिए । त्यसैगरी भगवतीका लागि सुदिप विश्वकर्माले सान्त्वना गोल गरे । कटारी फुटबल क्लब केएफसी कटारीको आयोजनामा प्रतियोगिता जारी छ ।आयोजक कटारी फुटबल क्लबका अध्यक्ष अमर लामाका अनुसार प्रतियोगितामा उदयपुर , सिरहा र सिन्धुलीका गरी २८ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिता आगामी असोज ६ गते सकिनेछ ।
प्रतियोगिताको विजेताले नगद ४० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्दा उपविजेताले नगद २५ हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछ । कटारी स्थित टाईगर फिल्डमा खेल संञ्चालन गरिएको छ ।


जनता भ्वाइस 








