जन्ताभ्वाईस सम्वाददाता
२९ भदौ , शुक्रबार , २०८०
कटारी / शिक्षक दरबन्दी नहुँदा कटारी , ११ स्थित पञ्चावती आधारभूत विद्यालयमा कार्यालय सहयोगीले समेत पढाउनु पर्ने वाध्यता रहेको छ । ८५ विद्यार्थीहरु अध्ययनरत विद्यालयमा हाल कक्षा ५ सम्म नीजि स्रोतका १ जना शिक्षक , १ शिक्षिका , सका शिक्षिका मात्रै रहेका छन् ।
दरबन्दी नहुँदा कार्यालय सहयोगी मिनकुमारी रानामगरले समेत कक्षा हेर्नुपर्ने वाध्यता रहेको सका सिता कुमारी रानामगरले बताउनुभयो । शिक्षक शिक्षिका अभावमा एउटै कोठमा दुईवटा कक्षाका विद्यार्थीहरुलाई पढाउनुपर्ने वाध्यता रहेको पनि सका रानामगरले बताउनुभयो ।
प्रधानाध्यापक राउतका अनुसार विद्यालय मानव विकास स्रोतबाट वार्षिक १० लाख अनुदानमा संञ्चालन भईहेको छ । नगरपालिकामा अनुरोध गर्दा , वडामा र वडामा अनुरोध गर्दा कार्याविधि नबनेको भन्दै दरवन्दी प्राप्त नभएको प्रअ राउतले बताउनुभयो ।


जनता भ्वाइस 







