images
images

चाडबाड भरी कटारी बजार शनिबार पनि खुल्ने

जन्ताभ्वाईस सम्वाददाता
२९ भदौ , शुक्रबार , २०८०
कटारी /विभिन्न चाडबाडहरु सुरुभएसँगै उदयपुर उद्योग वाणिज्य संघ कटारीले शनिबार पनि बजार खुल्ला गर्ने निर्णय गरेको छ । समितिका उपाध्यक्ष अरुण साहका अनुसार हरितालिका तीज , विश्वकर्मा पुजा , दसैं , तिहार र छठ पर्वलाई मध्यनजर गर्दै यहि भदौ ३० गते शनिबार देखि शनिबार पनि कटारी बजार खोल्ने निर्णय गरेको हो ।
शनिबार वन्द हुँदै आएको कटारी बजार चाडबाडको अवसरमा खुल्ला गरिंदै आएको छ । चाडबाड सुरु भएसँगै शनिबार खुल्ला गरिएको कटारी बजार छठ पर्व पछी आगामी मंसिर ९ गतेदेखि शनिबार फेरी बन्द हुनेछ । चाडबाडमा किनमेल गर्न सहज होस भन्ने उद्येश्यले बजार खुल्ला गरिएको पनि संघले जनाएको छ ।