images
images

निर्वाचित भएको पहिलो वर्ष कटारी नगरले गरेको ५ काम

ऋषि राई
२७ भदौ , बुधबार , २०८०
कटारी/ दोस्रो कार्यकालका लागि स्थानिय निकायमा भएको निर्वाचनको पहिलो वर्ष सकिएको छ । यसवीचमा पहिलो वर्षमा जनप्रतिनिधिहरुबाट नगरवासीहरुले अपेक्षा गरेजति काम हुन नसकेको आलोचना पनि भईरहेका छन् । कटारी नगरपालिकामा पनि भनेजस्तो कामहरु हुन नसकेको चर्चाहरु हुन्छन् यसवीचमा पहिलो वर्षमा कटारी नगरपालिकाले अनुभव र देख्न सक्नेगरी गरेका केहि ५ कामहरुको यहाँ चर्चा गर्दछौं ।
त्रिवेणी माविमा विज्ञान संकाय निशुल्क

नयाँ जनप्रतिनिधिहरु आएको पहिलो वर्ष नै त्रिवेणी माविमा विज्ञान संकायको अध्ययन सुरु भएको छ । जसका लागि कटारी नगरपालिकाले आर्थिक वर्ष २०८० /८१को बजेटबाट १५ लाख बजेट छुट्याएर यसलाई नगरको गौरवको आयोजनामा राखेको छ । कटारीमै विज्ञान संकाय अध्ययन अध्यापन गरिएपछी धेरै विद्यार्थीले कक्षा ११ र १२ का लागि ठूलो लगानीका साथ अन्यत्र जानुपर्ने वाध्यताको अन्त्य भएको छ ।
विज्ञान संकायमा यस वर्ष भर्ना भएका विद्यार्थीहरुको लागि मेयर राजेशचन्द्र श्रेष्ठले निशुल्क अध्ययनका लागि घोषणा गरेपछी विद्यार्थीहरुले ठूलो राहत पाएका छन् । ‘कक्षा उदघाटन गर्ने कार्यक्रममा मेयरले सवैलाई निशुल्कको घोषणा गर्नुभयो ।’विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले भन्नुभयो । ‘यो सँगै सवै विद्यार्थीहरुले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाए ।’
कान्छी बजारको भाईरल तालको समस्या समाधान

अघिल्लो जनप्रतिनिधिहरु देखि नै सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी , ३ र ४ को मध्यभागमा रहेको कान्छीबजारमा पानी जम्दा आउजाउमै समस्या थियो । यसलाई धेरैले व्यङ्ग्य गरेर मेयर ताल नै नामाकरण गरिसकेका थिए ।
थोरै पानी पर्नासाथ जम्ने पानीले पोखरीको रुप लिन्थ्यो । यहाँ जमेको पानी पन्छाउन नसकेको भन्दै विरोधका कार्यक्रममा डुंगा चलाईन्थ्यो । पूर्ण रुपमा स्थानीय सरकारले दिर्घकालिन काम गर्न नसक्ने सडक कार्यालयले तत्काल काम नगर्ने यो स्थान जनप्रतिनिधि र आउजाउ गर्नेहरुलाई टाउको दुखाईको विषय थियो ।
यसको समाधानका लागि मेयर राजेशचन्द्र श्रेष्ठ स्वयम्ले सडकमा निस्किनु पर्यो । अन्नत ः यस वर्षको ठूलो झरीमा पनि यहाँ पानी जमेको आलोचना भएन । यहाँको पानी लाई प्राविधिकहरुसँग समन्वय गरी जनश्रमदानमा मेयर स्वयम् उपस्थित भएर अन्यत्र पठाईयो । दिर्घकालिन समाधान सडक कार्यालयले गर्नेछ तर हालको समस्या समाधान भएको छ । जसका कारण पानीमा पनि जनप्रतिनिधि र आउजाउ गर्नेहरु मस्तले सुत्न पाएका छन् ।

खानेपानीको मूल्य घट्यो , सर्वसाधारणको पहुँचमा आयो धारा

अघिल्लो कार्यकालदेखि नै कटारीको अर्को सवैभन्दा मूख्य विवादित विषय थियो । कटारीको खानेपानी , नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको लामो समयको विवादित साधारण सभा , आर्थिक अनियमितको आरोप , खानेपानी जडान शूल्क , महशुलको महंगी यसको समाधानका लागि पनि नगरपालिकाले निकै मेहनत गरेको देखिन्छ ।
पटक पटक साधारण सभा र वन्द सत्र भएपनि समस्या समाधान नभएपछी नगरपालिकाले हस्तक्षेप गरी तदर्थ समिति निर्माण गर्यो । समितिलाई काम गर्न नदिन अदालतको आदेश पनि आयो उक्त आदेश विरुद्ध पनि नगरपालिकाले जवाफ दिई मुद्दा खारेज गरी ६ महिना भित्र निर्वाचन गर्ने गरी विष्णुु पौडेल अध्यक्ष रहेको समितिलाई काम गर्ने अधिकार पायो ।
यसले एउटा निकासको दिशा निर्देश गरेको छ । साथै मेयर राजेशचन्द्र श्रेष्ठ समेतको उपस्थित वैठकले खानेपानीको धारा जडान २५ हजारबाट १४ हजारमा झारेपछी धेरैजनाले धाराको पहुँचमा पुगेको महशुस गरेका छन् । त्यसैगरी न्युनतम् शुल्क पनि घटाएपछी उपभोक्ताले राहतको महशुस गरेका छन् ।
कटारी अस्पत्ताललाई सुधार , स्वास्थ्यको सुधारमा प्रयास

यो कार्यकालमा कटारी अस्पत्ताललाई सुधार गरी सहज रुपमै नगर अस्पत्तालले दिने सेवा दिन नगरपालिकाले सक्दो प्रयास गरेको छ । आवश्यक बजेट उपलब्ध गराउने देखि नियमित निगरानि गरी हाल कटारी अस्पत्तालको सेवा प्रवाहले प्रगति गरेको छ । अस्पत्तालको सेवा मापन गर्ने मापदण्डमा पनि उल्लेख्य प्रगति गरेको छ । साथै कटारी अस्पत्तालमै जनप्रतिनिधिहरुको यस कार्यकालयमा निशूल्क स्वास्थ्य शिविरको पनि आयोजना गरिएको थियो । अस्पत्तालको सुधारका लागि वडा नम्बर ४ का अध्यक्ष भूपेन्द्र सिंह तामाङको नेतृत्व दिनरात खटिरहेको छ ।
हाट बजार पुर्नस्थापना

शुक्रबारे हाटबजारको रुपमा परिचित कटारी बजारको हाट बजार कृषि उपज केन्द्रमा लगाउन सुरु गरिएको छ । बजारको व्यवस्थापनका लागि बजारका सडक नाली बाहिरका पसलहरुलाई हाटबजारमा लैजान सूर गरिएको छ । यसका लागि नगरपालिकाले हाट बजार व्यवस्थापन समिति नै गठन गरेको छ । हाट बजार लगाउन कार्यविधि नै तयार पारेको काम थालिएको थियो । यसलाई अभैm प्रभावकारी बनाउनुपर्ने चुनौती भने कायम छ ।

यी ५ कामहरुका अलावा नगरपालिकाले विभिन्न कार्यविधिहरु निर्माण गरेको छ । विगतको बेरुजुहरु उठाएको छ र बेरुजु कम गरेको छ । अझै पनि नगरपालिकाले मेयर राजेशचन्द्र श्रेष्ठले गरेको प्रतिवद्धता अनुसारको शुसासनको क्षेत्रमा देखिने प्रगति गर्न सकेको छैन् ।
प्रशासनिक क्षेत्रमा कृयाशिल काम गर्न दक्ष प्रमुख प्रशासकीय अधिकृत अनिल किराती , मेयर राजेशचन्द्र श्रेष्ठ र उपमेयर गिता खड्काको समन्वय राम्रो देखिएको छ । जसका कारण यो कार्यकालमा नगरपालिकाको दुई स्थानमा सार्वजनिक सुनुवाई समेत सम्पन्न भएको छ ।
निर्णायक नेतृत्व र निर्देशन मेयरबाट , साथ , सहयोग र अनुगमन उपमेयरबाट , प्रशासनिक सुधार प्रमुख प्रशासकीयबाट र सहकार्य कार्यपालिका सदस्यहरुबाट प्राप्त गरी नगरवासीहरुलाई परिवर्तनको अनुभव दिलाउन अभैm पनि थप कृयाशिल र सृजनात्मक हुनपर्ने आवश्यकता भने देखिन्छ ।
गर्नुपर्ने धेरै कामहरु नगरपालिकासँग कायम छ । आन्तरिक राजश्व उठाउन नसक्दा नगरपालिकाको स्रोतहरु गुम्दै गएको छ । यसपटक नगरपालिकाले गत वर्षभन्दा दोब्बर बजेट वडामा पठाउन सफल त भएको छ तर वडामा पठाएको बजेटको परिणाम कस्तो आउने हो त्यसका लागि निगरानि गर्न बाँकी नै छ , तथापी पहिलो वर्षको सिकाईका वीच नगरपालिकाले माथिका कामहरु भने गरेको देखिएको छ । नगरपालिकाले लिएको सुन्दर नगरको पहिचान , सुशासन र समृद्धि हाम्रो अभियान भन्ने नारालाई नगरपालिकाले कतिको सार्थक बनाउँछ त्यो भने हेर्न बाँकी नै छ ।