images
images

दाेस्राे खुल्ला कटारी फुटबल प्रतियाेगितामा विहानी युवा क्लव सिन्धुलीकाे विजयी सुरूवात

जन्ताभ्वाईस सम्वाददाता
२३ भदौ , शनिवार , २०८०
कटारी/ कटारीमा आजदेखि दोस्रो कटारी खुल्ला फुटबल प्रतियोगिता २०८० शनिबारदेखि सुरु भएको छ । कटारी फुटबल क्लब केएफसी कटारीको आयोजनामा प्रतियोगिता सुरू भएकाे हो ।
आजकाे उदघाटन खेलमा खैरेनी फुटबल क्लव कटारी ५ लाई १ का विरूद्ध २ गाेल गर्दै सिन्धुलीकाे विहानी युवा क्लवले विजयी सुरूवात गरेकाे छ । विहानीका लागि अज्जित माझी र सुदिप माेक्तानले १/१ गाेल गर्दा खैरेनीका लागि अशाेक अधिकारीले १ गाेल गरेका थिए । भाेलि विहानकाे खेल गराँस फुटबल क्लव कटारी ,२ र नमुना जनउत्थान क्लब डकाहा सिन्धुलीवीच विहान ७ बजे हुनेछ । आयाेजक कटारी फुटबल क्लबका अध्यक्ष अमर लामाका अनुसार प्रतियोगितामा उदयपुर , सिरहा र सिन्धुलीका गरी २८ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिता आगामी असोज ६ गते सकिनेछ ।
प्रतियोगिताको विजेताले नगद ४० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्दा उपविजेताले नगद २५ हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछ । कटारी स्थित टाईगर फिल्डमा खेल संञ्चालन गरिएकाे छ ।