images
images

दोस्रो कटारी खुल्ला फुटबल प्रतियोगिता शनिबारदेखि

जन्ताभ्वाईस सम्वाददाता
२२ भदौ , शुक्रबार , २०८०
कटारी/ कटारीमा दोस्रो कटारी खुल्ला फुटबल प्रतियोगिता २०८० शनिबारदेखि सुरु हुने भएको छ । कटारी फुटबल क्लब केएफसी कटारीको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
क्लबका अध्यक्ष अमर लामाका अनुसार प्रतियोगितामा उदयपुर , सिरहा र सिन्धुलीका गरी २८ टिमले प्रतिष्पर्धा गर्दैछन् । शनिबारदेखि सुरु हुने प्रतियोगिता आगामी असोज ६ गते सकिनेछ ।
प्रतियोगिताको विजेताले नगद ४० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्दा उपविजेताले नगद २५ हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछ । कटारी स्थित टाईगर फिल्डमा हुने प्रतियोगिता शनिबार वेलुकीदेखि सुरु भई आईतबारबाट विहान र वेलुकी गरी खेल खेलाईनेछ ।