जन्ताभ्वाईस सम्वाददाता
१८ भदा , सोमबार , २०८०
कटारी /भmापाको मेचिनगरमा सम्पन्न ईन्डो नेपाल कराते च्याम्पियन २०२३ मा कटारी नगरपालिकाको सितोरिया करातेको टिम दोस्रो हुन सफल भएको छ । सम्पन्न प्रतियोगितामा २१ स्वर्ण , १० रजत र ९ कास्य सहित कटारी दोस्रो भएको हो । प्रतियोगितामा आयोजक मेचिनगर प्रथम भएको थियो ।
नेपाल र भारतका गरी प्रतियोगितामा ५२ टिमले प्रतिष्पर्धा गरेका थिए । उनीहरुले विजयी भएर ल्याएको ट्रफी सोमबार कटारी नगरपालिकालाई हस्तान्तरण गरेको प्रशिक्षक चरिबहादुर लामा बताउनुभयो । ट्रफी हस्तान्तरणपछी नगरपालिकाकी उपमेयर गिता खड्काले वधाई दिंदै खेलाडीहरुलाई नगरको नाम राख्न सफल भएकोमा वधाई दिनुभयो । आगामी दिनमा पनि खेलकुदको क्षेत्रलाई माथि उठाउन नगरपालिका तयार रहेको उपमेयर खड्काको भनाई थियो ।


जनता भ्वाइस 








