जन्ताभ्वाईस सम्वाददाता
१८ भदौ , सोमबार , २०८०
कटारी / कटारी , ४ स्थित आधारभूत विद्यालय जहडीलाई स्थानीय देवीकुमारी पौडेलले वैठक कक्षका लागि आवश्यक सामाग्री सहयोग गर्नुभएको छ । पौडेलले टेवल पंखा , टेबल , सोफा , दराज लगायतका सामाग्री सहयोग हस्तान्तरण गर्नुभएको हो ।
केहिदिन अघि सम्पन्न अभिभावक भेलाले पौडेलकी श्रीमान वुद्धिनाथ पराजुलीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।वडाध्यक्ष भूपेन्द्रसिंह तामाङ्ग , विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ , लगायतका सरोकारवालाहरुको उपस्थितिमा पौडेलले सामाग्री हस्तान्तरण गर्नुभयो ।
विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक वैठक वस्नका लागि समेत सामाग्री नभएपछी पौडेलले सामाग्री हस्तान्तरण गर्नुभएको हो ।


जनता भ्वाइस 








