images
images

कटारीका सुनुवार युवा पुस्ता मातृभाषा सिक्दै

जन्ताभ्वाईस सम्वाददाता
१८ भदौ , सोमबार , २०८०
कटारी / कटारी नगरपालिका वडा नम्बर ४ का मुना सुनुवार पेशाले शिक्षिका हुनुहुन्छ । स्नातकोत्तर अध्ययनरत सुनुवार ४ महिनादेखि सुनुवार भाषा सिकिरहनुभएको छ । ‘आप्mनो भाषाको संरक्षण आजको आवश्यकता रहेछ , त्यहि भएर सिकिरहेकी छु ।’मुना भन्नुहुन्छ ‘सिक्न त सिंके घरमा वोल्ने मान्छे छैनन् कोसँग वोल्ने ।’
मुना मात्रै होईन कटारी ३ का टुपेन सुनुवारले पनि अहिले सुनुवार भाषा सिकिरहनुभएको छ । आप्mनो भाषा हराउँदै गएपछी भाषा सिक्न आवश्यक भएकाले भाषा सिक्न थालेको उहाँको भनाई छ । कटारी , ३ कै शुभद्रा सुनुवार विद्यार्थी हुन् उनी पनि सुनुवार भाषा सिक्ने रहरले भाषा सिकिरहनुभएको छ ।
मुना , टुपेन र शुभद्रा जस्ता ४० जना सुनुवार युवा तथा वालवालिकाहरुलाई सुनुवार मातृ भाषा सिकाउन सुनुवार सेवा समाज नगर समिति कटारीले कक्षा संञ्चालन गरिरहेको छ । ‘चार महिनादेखि प्रत्येक शनिबार सुनुवार भाषा सिकाउने कक्षा संञ्चालन गरिहेका छौं ।’समाजका अध्यक्ष तिलक सुनुवारले भन्नुभयो ‘भाषा जोगाउन निशुल्क कक्षाको आयोजना गरेर सिकाई रहेका छौं ।’
सुनुवार भाषा निशुल्क सिकाउन अध्यक्ष सुनुवारसँगै सुनवार भाषा बारे जानकार पाण्डव सुनुवारले सहजिकरण गरिहेको समाजका कोशी प्रदेश उपाध्यक्ष सन्तबहादुर सुनुवारले बताउनुभयो । ‘जातिको पहिलो पहिचान भनेको भाषा हो भाषा नै हराउने भएपछी हामी लागिपरेका हौं ।’उपाध्यक्ष सुनुवारले भनुभयो ।‘अहिले त धेरैजना सामान्य वोलचाल गर्न सक्ने भईसकेका छन् ।’
बसोबासका क्रममा थातथलो छोडेर अन्यत्र सरेसँगै सुनुवारको नयाँ पुस्ताले भाषा वोल्न नसक्ने भएपछी भाषा जोगाउन कक्षा नै संञ्चालन गरेको पनि उपाध्यक्ष सुनुवारले बताउनुभयो । प्रदेश र देशभरीकै सुनुवार वस्तीमा भाषा सिकाउन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
नेपालमा जनगणना २०७८ अनुसार सुनुवार जातिको संख्या ७८ हजार ९ सय १० जना रहेको छ । जुन कुल जनसंख्याको शून्य दशमलव २७ प्रतिशत हो । सुनुवार जातिको वसोवास रामेछाप , दोलखा, सिन्धुली ,खोटाङ्ग, ओखलढुंगा, ते¥हथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा,मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहा, सर्लाहीमा रहेको छ ।