जन्ताभ्वाईस सम्वाददाता
१७ भदाै , आईतबार , २०८०
कटारी /कटारी फुटबल क्लवले धनुषाकाे गणेशमान चारनाथ नगरपालिकामा सम्पन्न प्रदेश स्तरीय गाेल्डकप प्रतियाेगिताकाे उपाधि जितेकाे छ । शनिवार सम्पन्न फाईनलमा आयाेजक धनुषालाई , २ का विरूद्ध ४ गाेल गर्दै कटारीले उपाधिसँगै नगद ६१ हजार हात पारेकाे हाे ।
८ टिम सहभागी गाेल्डकप १० भदाैदेखि सुरू भएकाे थियाे । गाेल्डकपकाे ट्रफि आज क्लबले कटारी नगरपालिकालाई हस्तान्तरण गरेकाे छ ।क्लबका अध्यक्ष अम्बर तामाङ्ग लगायत खेलाडीहरूले मेयर राजेशचन्द्र श्रेष्ठ र उपमेयर गिता खड्कालाई ट्रफी हस्चान्तरण गरेका हुन् ।
उपविजेता आयाेजकले नगद ४१ हजारमा चित्त बुझायाे । फाईनलमा कटारीका लागि प्रताप राईले ह्याट्रिक र विश्वास राईले एक गाेल गरेका थिए ।


जनता भ्वाइस 








