images
images

लेखापढी कानुन व्यवसायी समिति कटारीको प्रथम साधारण सम्पन्न

जन्ताभ्वाईस सम्वाददाता
१६ भदौ , शनिबार , २०८०
कटारी /नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन ईकाई समिति कटारीको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष कविराज सुनुवारको सभापतित्व तथा एसोसियसनका केन्द्रीय सदस्य , कोशी प्रदेश समितिका सचिव गोपाल दवाडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि दवाडीले सेवाग्राही प्रति वफादार भई पेशामा आक्षेप आउन नदिने गरी काम गर्नुपर्ने बताउनुभयो । आफुले गर्ने काम कानुन सम्मत छ कि छैन प्रष्ट बुझेर काम गर्न व्यवसायीहरुलाई अनुरोध गर्दै प्रमुख अतिथि दवाडीले कर्मचारीहरुले व्यवसायीहरुको अनुभवलाई पनि वुभ्mन आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी एसोयिसनका उदयपुर अध्यक्ष खगेन्द्र राईले एसोसियसनको काम गर्ने दायरा फराकिलो भएको बताउनुभयो । कार्यक्रममा मालपोत कार्यालय कटारीका प्रमुख प्रेमराज निरौला , नापी कार्यालयका यमराज वस्नेत लगायत प्रशासन , प्रहरी कार्यालयका प्रतिनिधि तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
साधारण सभाको वन्द सत्रले समितिको आर्थिक प्रतिवेदन र सांगठानिक प्रतिवेदन पारित गरेको समितिका कटारी अध्यक्ष कविराज सुनुवारले बताउनुभयो । पेशागत दक्षता अभिवृद्धि ,व्यवसायिक मर्यालायका लागि अग्रसर वनौं अर्धन्यायिक निकायमा रहेका विकृति र विसंगतिका विरुद्ध संघर्ष गरौं भन्ने नाराका साथ सभा सम्पन्न भएको हो ।
कटारी हाल २७ जना लेखापढी व्यवसायीहरुले कानुनी प्रमाण पत्र लिएर व्यवसाय गर्दै आईरहेका छन् । १८ जना व्यवसायी समितिमा आवद्ध छन् । व्यवसायीहरुले आधिकारिक परिचय पत्र साथमा वोकेर कार्यालय आउन नापी कार्यालयका यमराज वस्नेतले आग्रह गर्नुभयो । परिचय पत्र नबोक्नेलाई कार्यालय प्रवेश नै गर्न नदिने परिपत्र आएको पनि वस्नेतको भनाई थियो ।