images
images

व्यवस्थापनमा चुनौती बनेको प्लाष्टिक प्रयोगमा रोक लगाउँदै कटारी नगरपालिका

जन्ताभ्वाईस सम्वाददाता
१३ भदौ , वुधबार , २०८०
कटारी / पmोहोर व्यवस्थापनमा चुनौती बनेको प्लाष्टिकको प्रयोगलाई उदयपुरको कटारी नगरपालिकाले पूर्ण रुपमा बन्द गर्ने भएको छ । यहि भदौ १५ गतेदेखि नगरपालिका भित्र प्लाष्टिक झोला आयात गर्न रोक लगाउँदै भएका प्लाष्टिकलाई भदौ भित्र प्रयोग गरी सकेर आगामी असोज १ गतेदेखि पूर्ण रुपमा बन्द गरिने भएको हो ।
११ असोजमा वसेको पmोहोर मैला व्यवस्थापन समितिको वैठकले नगरपालिका भित्र प्लाष्टिक बन्द गर्ने गरेको हो । ‘फोहोर व्यवस्थापन नै गर्न नसकिने गरी प्लाष्टिक थुप्रिएपछी यो निर्णय गरेका हौं ।’समितिका संयोजक समेत रहेकी नगरपालिकाकी उपमेयर गिता खड्काले भन्नुभयो ‘डम्पिङ साईटमा समेत प्लाष्टिकले समस्या बनाईसकेको छ ।’
समितिले निर्णय गरेपछी मेयर राजेशचन्द्र श्रेष्ठ हस्ताक्षरित सुचना जारी गर्दै नगरपालिकाले निर्णय कार्यान्वयनमा वाधा पुराउनेलाई कानुनी कार्वाही चेतावनी समेत नगरपालिकाले दिएको छ । वातावरण प्रदुषण गर्ने , जग्गा जमिन विगार्ने तथा फोहोर व्यवस्थापन नै गर्न समस्या भएपछी नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
बजारमा प्याकिङ्ग भएर आएका सामाग्री बाहेकका सबै प्लाष्टिक झोलाहरु पूर्णरुपमा वन्द गर्ने निर्णय भएको मूख्य बजार रहेको वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्काले बताउनुभयो । अध्यक्ष खड्काका अनुसार हाल बजारमा प्लाष्टिक झोलाको विकल्पमा अन्य झोलाहरु समेत पाईने भएकाले अन्य कपडाहरुको झोला प्रयोग गर्न सकिनेछ । फोहोर व्यवस्थापनमा समस्या बन्दै गएपछी यस अघि नगरपालिकाले फोहोर संकलनमा वर्गीकरण सुरु गरेको थियो ।
कुहिने , नकुहिने , शिसाजन्य फोहोरको वर्गीकरण घरबाटै गरेर मात्रै नगरपालिकाको फोहोर वोक्ने गाडीमा पठाउनुपर्ने निर्णय नगरपालिकाले गरेको थियो । नगरपालिकाले उदयपुर उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाहरुसँग छलफल गरी यस्तो निर्णय गरेको हो ।