स्थानीयले अवरोध गरेपछी नगरपालिकाले फर्काएको फोहोर वोक्ने साधनहरु । तस्बिर / जन्ताभ्वाईस
जन्ताभ्वाईस सम्वाददाता
१३ भदौ , बुधबार , २०८०
कटारी/ स्थानीयले फोहोर विर्सजनस्थलमा फोहोर फाल्न नदिएपछी उदयपुर जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र कटारी बजारको फोहोर एकमहिनादेखि उठ्न सकेको छैन् । कटारी नगरपालिका वडा नम्बर ३ राजावासमा रहेको विसर्जनस्थलमा स्थानीयले फोहोर फाल्न नदिएको एकमहिना वितिसकेको छ ।
स्थानीय देव ढुंगेलका अनुसार स्थानीयले यो विर्सजनस्थलबाट एकमहिना अघि तेस्रो पटक फोहोर लिएर आएको नगरपालिकाको सवारीसाधन फर्काइदिएका थिए । ‘बारम्बार हामीसित सहमति गर्ने र सहमति कार्यान्वयन नगर्ने भएपछी हामीले फोहोर फाल्न दिएका छैनौं ।’ढुंगेलले भन्नुभयो‘यस अघि भएको सहमति अनुसार ६ महिनामा फोहोर विर्सजनस्थल अन्यत्र सार्ने भएकाले फोहोर फाल्न दिएका थियौं सहमति अनुसार भएन र रोक्यौं ।’
एकमहिना भित्रमा पटक पटक नगरपालिकासँग वार्ता भएपनि सहमति नभएको पनि ढुंगेलले बताउनुभयो ।‘यसवीचमा नगरले बजेट बनायो , कति कार्यापालिका वैठक वस्यौं तर हाम्रो मागबारे नगर मौन रह्यो ।’ढुंगेलले भन्नुभयो ‘अहिले पनि कुनै पनि लिखित सहमति गर्न नगपालिका चाहिरहेको छैन् ’
४ वर्षअघि देखि राजावासका स्थानीयले फोहोर फाल्ने ठाउँ अन्यत्र सार्ने माग सहित विरोध जनाउँदै आएका छन् । नगरपालिकाले भने कहिले फोहोर पुर्ने , कहिले फोहोर वर्गीकरण गर्ने र व्यवस्थापन गर्ने र स्थान नै सार्ने भन्दै समय मागेर सहमति गर्दै आएको छ ।
अन्यत्र विर्सजनस्थलको खोजि गर्दै हाललाई स्थानीयसँग सहमति गरेर फोहोर फाल्नेबारे छलफल भएको फोहोर मैला व्यवस्थापन समितिकी संयोजक समेत रहनुभएकी उपमेयर गिता खड्काले बताउनुभयो । ‘निशुल्क स्वास्थ्य वीमा गर्ने , राजावासको सडकमा सडकवोर्डको बजेट हाल्नेबारे मेयर , वडाध्यक्षसँग सल्लाहा भएको छ ।’उपमेयर खड्काले भन्नुभयो । ‘उहाँहरुले हाम्रो विश्वास गरिरहनुभएको छैन् ।’
फोहोर विर्सजनस्थल नै स्थानीय टोलविकास संस्थालाई संञ्चालन गर्न दिने बारे पनि छलफल भएको पनि उपमेयर खड्काले बताउनुभयो । कटारीको वडा नम्बर ३ मा सवैभन्दा बढी बजार क्षेत्र रहेको छ भने वडा नम्बर ४ मा पनि बजार क्षेत्र बढ्दै गएको छ । बजार क्षेत्रबाट उठ्ने फोहोर धेरैदिन नउठेपछी समस्या भएको छ ।
समस्या भएको भन्दै आज नगरपालिकाले फोहोर संकलन गरेर लगेपनि स्थानीयल अवरोध गरेपछी फर्काएर तावाखोला किनारमा राखिएको छ ।
राजावास टोल विकास संस्थाका अध्यक्ष विजयकुमार अधिकारीका अनुसार यस अघि ज्ञापनपत्रमा २०७९ सालको पुस १ गतेदेखि फोहोर फाल्न नदिने अल्टिमेटम दिइएको थियो । २०७९ साल पुस १ गतेको अवरोधपछि भएको वार्तामा १५ दिनभित्र अन्यत्र स्थान खोज्ने सहमति भएको थियो । उक्त सहमति कार्यान्वयनमा नआएको भन्दै फोहोर फाल्न रोक लगाइएकोमा फेरी ६ महिनाको समय दिईएको र उक्त समयमा पनि समस्या समाधान नभएपछी यसपटक पूर्णरुपमा फोहोर फाल्न रोक लगाईएको स्थानीयले बताए ।
गाउँसँगै फोहोर विर्सजनस्थल हुँदा गाउँमा दुर्गन्ध पैmलिनुका साथै , भिंmगा भन्किएर वस्नै नसक्ने अवस्था आएको , विभिन्न रोगहरु पैmलिएको र गाउँको वातावरण दुषित बनेको भन्दै स्थानीयले फोहोर विर्सजन स्थल अन्यत्र सार्न माग गर्दै आएका छन् ।


जनता भ्वाइस 







