images
images

कटारीमा प्लाष्टिकजन्य पदार्थ आयात तथा प्रयोगमा रोक लगाईने

जन्ताभ्वाईस सम्वाददाता
१२ भदौ , मंगलबार , २०८०
कटारी / कटारी नगरपालिकामा प्लाष्टिकजन्य पदार्थ आयात तथा प्रयोगमा निषेध गरिने भएको छ । नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रष्ठ हस्ताक्षरित सुचना जारी गर्दै नगरपालिकाले यहि भदौ १५ गतेदेखि लागुहुने गरी प्लाष्टिकजन्य पदार्थ आयात तथा प्रयोगमा निषेध गर्ने भएको हो ।
साथै आगामी असोज १ गतेदेखि प्लाष्टिक झोला पूर्ण रुपमा प्रतिबन्ध गर्ने भएकाले प्लाष्टिकजन्य पदार्थ आयात तथा झोला नगर भित्र प्रयोग नगर्न पनि सुचनामा आग्रह गरिएको छ । भदौ ११ गते नगरपालिकाको फोहोर मैला व्यवस्थापन समितिको वैठकले यस्तो निर्णय गरेको हो ।
नगरपालिकाको निर्णयलाई उल्लघंन गरी प्रयोग गरेको पाईएमा कानुन अनुसार कार्वाही गरिने पनि सुचनामा उल्लेख गरिएको छ ।