images
images

कटारीमा घरबाटै व्यक्तिगत घटना दर्ता गर्न सकिने

जन्ताभ्वाईस सम्वाददाता
११ भदौ , सोमबार , २०८०
कटारी / कटारी नगरपालिकामा घरबाटै अनलाईन घटना दर्ता गर्न सकिने भएको छ । नेपाल सरकारको अनिवार्य गरेको जन्म , मृत्यु , वसाईसराई , विवाह र सम्वन्ध विच्छेदको घटना दर्ता नगरपालिका भित्र घरमै वसेर मोबाईलबाट समेत दर्ता गर्न सकिने भएको हो ।
अनलाईनमा फाराम भरी प्राप्त टोकन नम्बर लिएर सम्बन्धित वडा कार्यालयबाट प्रमाण पत्र लिन सकिने व्यवस्था गरिएको छ । व्यक्तिगत घटना दर्ता घटेको ३५ दिनभित्र घटना दर्ता गरे जरिवाना लाग्दैन ।
नगरपालिकाले एक सुचना जारी गर्दै घटना दर्ता प्रकृयाका बारेमा जानकारी गराएको छ ।