जन्ताभ्वाईस सम्वाददाता
११ भदौ , सोमबार , २०८०
कटारी /काठमाडौंमा शनिबार सम्पन्न ईन्डो नेपाल सेभेन ए साईड फुटबल च्याम्पिएनसिप २०२३ को उपाधि जितेको कटारीको १५ वर्ष मूनिका खेलाडीहरु कटारी नगरपालिकाले एक कार्यक्रमकावीच बधाई दिएको छ । कटारी नगरपालिकाको १५ वर्ष मूनिका खेलाडीहरुले भारतको १५ वर्ष मूनिका एकेडेमीका खेलाडीहरुसँग शनिबार उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए ।
प्रशिक्षक रोहन जोशीका अनुसार प्रतियोगितामा पहिलो खेलमा ४–०र दोस्रो खेलमा २–१ को अन्तरले भारतलाई कटारीले पराजित गरेको थियो । प्रतियोगितामा प्रतिष्पर्धा गर्न गएका खेलाडीहरुलाई कटारी नगरपालिकाले सहयोग गरेको थियो ।
उपाधि विजेता टिमले कटारी नगरपालिकाको प्रतिनिधित्व गर्दै उपाधि कब्जा गरेका हुन् । यो उपाधि कब्जा नगरपालिकाको हालसम्मकै ठूलो उपलब्धि भएको भन्दै नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले बधाई दिनुभयो । त्यसैगरी विजेता बनाउन सफल सवैलाई मेयर श्रेष्ठले धन्यवाद दिनुभयो । 
कार्यक्रमा प्राप्त उपाधि कटारी नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक तामाङ्गले नगरपालिकालाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा वधाई दिंदै उपप्रमुख उपमेयर गिता खड्काले खेलले अनुशासित बनाउने भन्दै खेललाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा मेयर श्रेष्ठ , उपमेयर खड्का र वडा नम्बर ५ का अध्यक्ष मोहन तामाङ्गले खेलाडीहरुलाई प्रमाण पत्र , मेडल हस्तान्तरण गरेका थिए ।
१५ वर्ष मूनिको खेलाडीहरुका लागि यो खेल महत्वपूर्ण थियो । भारतसँगको यस प्रतिष्पर्धाका लागि कटारी नगरपालिकाका खेलाडीहरुले अवसर पाएको पनि प्रशिक्षक जोशीले बताउनुभयो । भारतलाई पराजित गरी उपाधि कब्जा गरेसँगै भविष्यमा कटारीमा फुटबलले फड्को मार्ने नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक तामाङ्गले बताउनुभयो । कार्यक्रममा मेयर श्रेष्ठ , उपमेयर खड्का र वडा नम्बर ५ का अध्यक्ष मोहन तामाङ्गले खेलाडीहरुलाई प्रमाण पत्र , मेडल हस्तान्तरण गरेका थिए । https://www.youtube.com/watch?v=jovXV56ftMI


जनता भ्वाइस 








