images
images

कटारी – ताप्ली सडक चारदिन पछी सुचारु

जन्ताभ्वाईस सम्वाददाता
११ भदौ , सोमबार , २०८०
कटारी /उदयपुरको ताप्ली गाउँपालिकामा ४ दिनपछी सडक सुचारु भएको छ । अविरल वर्षापछी विभिन्न स्थानमा गएको पहिरोले सडक सम्बन्ध विच्छेद भएको गाउँपालिका सोमबारबाट सडक सुचारु भएपछी आउजाउ सुरु भएको हो ।
जिल्लाकै कटारी , ८ स्थित सिद्धिचरण राजमार्गको वेतेनीबाट सडकसँग जोडिएको गाउँपालिकामा पहिरो गएपछी ४ दिनदेखि सडक अवरुद्ध थियो । ‘गाउँपालिका र भाडामा लिईएको स्काभेटर पहिरो पन्छाएपछी सडक सुचारु गरेका छौं ।’गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्माले भन्नुभयो ‘गाउँपालिका भित्रका ग्रामिण सडकहरु अभैm पूर्णरुपमा खोल्न सकेको छैनौ ।’
कटारी–वेतेनी –नुनथला र गाउँपालिकाको केन्द्र रुपाटार ४० किलोमिटर सडक सोमबार (आज)देखि सुचारु भएको हो । त्यसैगरी गाउँपालिकाकै नारीमाला –वेतेनी –कटारी ४७ किलोमिटर सडक संञ्चालनमा आएको हो ।
पहाडी गाउँपालिकाको विभिन्न स्थानमा गएको ठूला ठूला पहिरो पन्छाउन ४ दिन लागेको पनि गाउँपालिकाका अध्यक्ष विश्वकर्माले बताए । सडक संञ्जाल अवरुद्ध भएपछी आउजाउ नै रोकिएको र समस्या बढेको थियो ।
त्यसैगरी आईतबार राति सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी, ८ गेरुमा गएको पहिराले अवरुद्ध राजमार्ग पनि आज वेलुकीदेखि संञ्चालनमा आएको छ । मिर्चैया –कटारी–घुर्मी सडक यातायात कार्यालय कटारीको स्काभेटरले पहिरो पन्छाएपछी सडक सुचारु भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताउनुभयो ।