images
images

ताप्लीमा अशक्तहरुका लागि पालिकाकै सार्वजनिक यातायात संञ्चालनमा

जन्ताभ्वाईस सम्वाददाता
११ भदौ , सोमबार , २०८०
कटारी / उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागी सार्वजनिक यातायात खरिद गरेर ल्याएको छ । उक्त सार्वजनिक यातायातले पालिकाको सवै वडाका अशक्त, अपाङ्गता भएका व्यक्ति, महिला तथा जेष्ठ नागरिकहरुलाई पालिकाको केन्द्र रुपाटार आउजाउमा सहजता ल्याउनेछ ।
सार्वजनिक यातायातलाई कार्यबिधि निमार्ण गरि संचालनमा ल्याईएको गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्माले बताउनुभयो । गाउँपालिकाले यस अघि दुई वटा कृषि एम्बुलेन्स गाउँपालिकामा ल्याईसकेको छ ।
पहाडी गाउँपालिकाका ताप्लीमा उत्पादन भएका कृषकहरुका उत्पादनलाई बजारसम्म पुराउने उद्येश्यले कृषि एम्बुलेन्स ल्याईएको हो । ताप्लीका कृषकहरुले उत्पादन गरेका उत्पादनलाइ अन्यत्र लैजान समस्या भएपछी गाउँपालिकाले नै कृषकहरुका उत्पादनलाई बजार पुराउन कृषि एम्बुलेन्स ल्याएको हो ।
त्यस्तै पहाडी पालिकामा पहिलो पटक स्वास्थ्य एम्बुलेन्स पनि संञ्चालनमा ल्याईएको छ । गाउँपालिकाका विरामीहरुलाई उपचारका लागि अन्यत्र लैजान गाउँपालिकाले स्वास्थ्य एम्बुलेन्स खरिद गरेर संञ्चालनमा ल्याएको हो ।