जन्ताभ्वाईस सम्वाददाता
९ भदौ , शनिबार , २०८०
काठमाडौं /काठमाडौंमा शनिबार सम्पन्न ईन्डो नेपाल सेभेन ए साईड फुटबल च्याम्पिएनसिप २०२३ को उपाधि कटारीको १५ वर्ष मूनिका खेलाडीहरु चुमेका छन् । कटारी नगरपालिकाको १५ वर्ष मूनिका खेलाडीहरुले भारतको १५ वर्ष मूनिका एकेडेमीका खेलाडीहरुसँग शनिबार उपाधिका लागि प्रतिष्पर्धा गरेको प्रशिक्षक रोहन जोशीले बताउनुभयो ।
जोशीका अनुसार प्रतियोगितामा पहिलो गेम ४-०र दोस्रो गेम २-१ को अन्तरले भारतलाई कटारीले पराजित गरेको थियो । प्रतियोगितामा प्रतिष्पर्धा गर्न गएका खेलाडीहरुलाई कटारी नगरपालिकाले सहयोग गरेको थियो
१५ वर्ष मूनिको खेलाडीहरुका लागि यो खेल महत्वपूर्ण थियो ।
भारतसँगको यस प्रतिष्पर्धाका लागि कटारी नगरपालिकाका खेलाडीहरुले अवसर पाएको पनि प्रशिक्षक जोशीले बताउनुभयो । भारतलाई पराजित गरी उपाधि कब्जा गरेसँगै भविष्यमा कटारीमा फुटबलले फड्को मार्ने प्रशिक्षक जोशीले बताउनुभयो ।


जनता भ्वाइस 








