images
images

अवरुद्ध मदन भण्डारी र सिद्धिचरण राजमार्ग सुचारु

जन्ताभ्वाईस सम्वाददाता
९ भदौ , शनिबार , २०८०
कटारी / अविरल वर्षासँगै पहिरो गएपछी बिहिबार राति देखि अवरुद्ध मदन भण्डारी राजमार्ग शनिबार साँझ देखि एकतर्फी संञ्चालनमा आएको छ । राजमार्ग अन्र्तगत उदयपुरको कटारी – गाईघाट सडकखण्ड दुईदिनदेखि पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
राजमार्गको उदयपुरगढी गाउँपालिका ६ , स्थित मौवासीखोलाको पुलनजिकैको भित्तौ नै पहिरो गएपछी अवरुद्ध सडक शनिबार साँझ देखि एकतर्फी संञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताउनुभयो ।
त्यसैगरी बिहिबार रातिकै पहिरोले अवरुद्ध सिद्धिचरण राजमार्गको कटारी–घुर्मी खण्ड पनि शनिबारदेखि पूर्णरुपमा संञ्चालनमा आएको छ । राजमार्ग अन्र्तगत कटारी नगरपालिका वडा नम्बर ११ को वेतेनीदेखि वडा नम्बर १४ को लेखानी खण्डमा विभिन्न स्थानमा पहिरो गएपछी अवरुद्ध सडक पहिरो पन्छाएपछी शुक्रबार साँझ देनि नै खुलेको हो ।