जन्ताभ्वाईस सम्वाददाता
७ भदौ , विहिबार , २०८०
कटारी/ काठमाडौंमा हुने ईन्डो नेपाल सेभेन ए साईड फुटबल च्याम्पिएनसिप २०२३ का लागि कटारीको १५ वर्ष मूनिका खेलाडीहरु काठमाडौं प्रस्थान गरेका छन् । कटारी नगरपालिकाको १५ वर्ष मूनिका खेलाडीहरुले भारतको १५ वर्ष मूनिका एकेडेमीका खेलाडीहरुसँग यहि शनिबार प्रतिष्पर्धा गर्ने प्रशिक्षक रोहन जोशीले बताउनुभयो ।
प्रतियोगितामा प्रतिष्पर्धा गर्न गएका खेलाडीहरुलाई कटारी नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाको प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले खेलाडीहरुलाई कटारी नगरपालिकाको प्रतिष्ठा खेल क्षेत्रबाट माथि उठाउँदै विजयी हुन शुभकामना दिनुभयो ।
१५ वर्ष मूनिको खेलाडीहरुका लागि यो खेल महत्वपूर्ण हुनेछ । भारतसँगको यस प्रतिष्पर्धाका लागि कटारी नगरपालिकाका खेलाडीहरुले अवसर पाएको पनि प्रशिक्षक जोशीले बताउनुभयो ।


जनता भ्वाइस 








