जन्ताभ्वाईस सम्वाददाता
७ भदौ , विहिबार , २०८०
कटारी / कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानीको जडानमा भारी मात्रामा कटौती गरेपछी नयाँ धारा जडान गर्नेहरु बढेका छन् ।२ भदौमा नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ सहित वसेको वैठकले खानेपानीको नयाँ धारा जडान शुल्क २५ हजारबाट घटाएर १४ हजारमा जडान गर्ने निर्णय गरेको थियो ।
शुल्क घटाएसँगै विहिबार सम्ममा १ सय ४८ जनाले नयाँ धारा जडानका लागि निवेदन दिईसकेको समितिका उपाध्यक्ष रोहित लामाले बताउनुभयो । लामाका अनुसार समितिको कृषि विकास वैंकमा १४ हजार रकम जम्मा गरी भौचर सहित धारा जडानका लागि निवेदन दिन आउनेको संख्या बढेको हो ।
वैठकले यस अघिको न्युनतम् महशुलमा रहेको ६ युनिटको एकसय पचास महसुललाई प्रतियुनिट न्युनतम् १० युनिटमा पुराएको छ ।त्यसैगरी विगतमा धारा खरिद गरेका उपभोक्ताहरुको लागि १ धारा बराबर १ थप गरी जम्मा २८ हजारबाट कार्यालय आम्दानी ३ हजार जम्मा गरी २५ हजार प्रदान गर्ने निर्णय गरिएको पनि समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनुभयो ।
पानी शुद्धताका लागि परिक्षणको समेत व्यवस्था गरिनेछ । त्यस्तै वाँकी वक्यौतामा असार मसान्तसम्म बाँकी रहेकालाई १ महिना भित्रमा वुझाएमा जरिवाना छुट गरिने पनि अध्यक्ष पौडेलको भनाई छ । ४ हजार बढी धाराको क्षमता भएको आयोजनाको यस अघि १९ सय हाराहारीमा मात्रै धारा जडान गरिएको थियो ।


जनता भ्वाइस 








