images
images

गुनिलो पोसिलो रैथाने जातको मकै उत्पादनमा कमी

कटारी , ३ का कृषक लवकुश माझीको घरमा राखिएको स्थानीय जातको मकैको थाङ्रा । तस्बिर ः जन्ताभ्वाईस
जन्ताभ्वाईस सम्वाददाता
४ भदौ , सोमबार , २०८०
कटारी /उत्पादन धेरै हुनेभएपछी उन्नत जात (हाईब्रीड)मकैमा कृषकहरुको आकर्षण वढ्दा उदयपुरमा स्थानीय जातका रैथाने मकै उत्पादन भने घट्दै गएको छ । जिल्लाको कटारी नगरपालिका , त्रियुगा नगरपालिका , चौदण्डीगढी र वेलका नगरपालिकाको तराई भूभागमा अधिकांश कृषकहरुले उन्नत जातको मकै खेति गर्न थालेको कृषि ज्ञान केन्द्र उदयपुरका कृषि प्रसार अधिकृत महेशकुमार चौधरीले बताउनुभयो ।
रैथाने जातका मनकामना , रामपुर (पहेंलो), कम्पोजिट , मनकामना तीन जस्ता रैथाने मकैहरु जिल्लाको पहाडी पालिका ताप्ली , लिम्चुवुङ्ग , गढी र रौतामाई गाउँपालिकामा अभैm हुने गरेको पनि अधिकृत चौधरीले बताउनुभयो ।‘पानीको व्यवस्था भएको र धेरै उत्पादन हुने तराई भूभागमा हाईव्रीड मकै लगाउने धेरै छन् ।’उहाँले भन्नुभयो ‘रैथाने भन्दा तेब्बर उत्पादन हुने भएपछी यसमा कृषकहरुको आकर्षण बढेको हो ।’
उन्नत जातको मकै धेरै उत्पादन हुनेभएपनि यो मकै मानिसले खान नरुचाउने गरेको पनि अधिकृत चौधरी वताउँछन् । ‘दाना उद्योगहरुलाई विक्री गर्न र गाईभैंसीलाई ख्वाउन मात्रै यो मकै उपयोगी छ ।’चौधरी भन्छन् ‘खान मिठो स्वादिलो र स्वास्थ्य वद्र्धक रैथाने मकै भने खेतिमै कमी आएको छ ।’
चीनी रोग तथा विभिन्न रोगीहरुले स्वास्थ्यका लागि खान योग्य रैथाने जातको मकै उत्पादनमा कमी आउन थालेको स्थानीय बताउ्ँछन् । स्थानीय जातको मकै खेतिले उत्पादन कम दिएपनि यो वहुउपयोगी भएकाले यसको खेति आवश्यक रहेको छ । निरन्तर सिंचाईको आवश्यकता नपर्ने र जस्तो सुकै स्थानमा फल्ने रैथाने जातको मकै फल्ने भएकले अहिले खानका लागि पनि विऊ जोगाउनु पर्ने अवस्थामा आएको स्थानीयको भनाई छ ।