–सन्तोष कार्की
२ भदौ , शनिबार , २०८०
ईटहरी /आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैठौं बार्षिकोत्सवको अवसरमा साउन १५देखी जारी कार्यक्रम अन्र्तगत आज देशभर प्रभातफेरी तथा रक्तदान कार्यक्रम संचालन गरिएको छ । कम्पनीले श्रावण १५ गते देशभर ग्रामीण क्षेत्रका महिलाहरुलाई “तिज गिफ्ट“ उपहार प्रदान गरेको थियो।
श्रावण १६ गते देशभर वेबिनार कार्यक्रम संचालन गरेर मानव जीवनमा चिनी रोग संबन्धि जनचेतना जागरण कार्यक्रम सम्पन्न गरेको थियो । त्यसैगरी श्रावण २० गते देशभर बिभिन्न बृदाश्रम र अनाथाश्रममा खाना खुवाएर साथै आवश्यक सामग्री जस्तै झुल तथा बिजुली पंखा बितरण गरेको थियो।
श्रावण २५ गते देशभर ग्रामीण क्षेत्रमा बिभिन्न बिषयमा स्वास्थ्य शिविर संचालन गरेको थियो भने श्रावण २७ गते अन्तराष्ट्रिय युवा दिवसको अवसरमा देशैभर युवाहरुसँग बित्तीय साक्षरताका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । ईन्स्योरेन्सले अज देशैभर प्रभातफेरी तथा रक्तदान कार्यक्रम संचालन गरी छैठौं वार्षिकोत्सवसँग सम्बन्धित बिभिन्न चरणका कार्यक्रमको समापन गरेको हो ।
आज बिहान ७ बजे १५० भन्दा बढीको सहभागितामा झरी, पानी को प्रवाह नगरिकन इटहरी शाखा कार्यालयबाट सुरु भएको प्रभातफेरी ईटहरीकै विभिन्न चोक तथा बजार परिक्रमा गरी सोही स्थानमा सम्पन्न भएको थियो।
तत्पश्चात कम्पनीका उप– प्रदेश प्रमुख श्री ओम प्रकाश राईको अध्यक्षतामा,रक्तदान कार्यक्रम संचालन भएको थियो। ईटहरी शाखा प्रमुख श्री बिकाश श्रेष्ठले उक्त कार्यक्रममा ३५ जना रक्तदाताहरुले रक्तदान गरेको जानकारि गराउनु भयो ।


जनता भ्वाइस 








