जन्ताभ्वाईस सम्वाददाता
२ भदौ , शनिबार , २०८०
कटारी/ कटारी नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले धारा जडानको शुल्क घटाएको छ । समितिको शनिबार विहान बसेको वैठकले यस अघि प्रति धारा जडानको २५ हजार रहेकोमा १४ हजारमा धारा जडान गर्ने निर्णय गरेको हो ।
कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा वसेको वैठकले खानेपानीको महशुल समेत घटाएको तदर्थ समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनुभयो । वैठकले यस अघिको न्युनतम् महशुलमा रहेको ६ युनिटको एकसय पचास महसुललाई प्रतियुनिट न्युनतम् १० युनिटमा पुराएको छ ।त्यसैगरी विगतमा धारा खरिद गरेका उपभोक्ताहरुको लागि १ धारा बराबर १ थप गरी जम्मा २८ हजारबाट कार्यालय आम्दानी ३ हजार जम्मा गरी २५ हजार प्रदान गर्ने निर्णय गरिएको पनि अध्यक्ष पौडेलले बताउनुभयो । पानी शुद्धताका लागि परिक्षणको समेत व्यवस्था गरिनेछ ।
त्यस्तै वाँकी वक्यौतामा असार मसान्तसम्म बाँकी रहेकालाई १ महिना भित्रमा वुझाएमा जरिवाना छुट गरिने पनि अध्यक्ष पौडेलको भनाई छ । वैठकपछी प्रमुख अतिथि मेयर श्रेष्ठले कटारी नगरपालिकाले सहज र सवैको पहुँचमा पानी पुराउन महत्वपूर्ण निर्णय गरिएको बताउनुभयो । यस अघि तदर्थ समितिलाई काम नगर्न अदालतमा परेको मुद्दा खारेज भएपछी तदर्थ समितिले महत्वपूर्ण निर्णयका साथमा काम थालेको हो ।वैठकमा वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्का , ४ का अध्यक्ष भुपेन्द्रसिंह तामाङ्ग र ५ का अध्यक्ष मोहन तामाङ्गको समेत उपस्थिति रहेको थियो ।


जनता भ्वाइस 







