images
images

आदिवासी जनजाति महासंघ कटारीको अध्यक्षमा डिकबहादुर श्रेष्ठ निर्वाचित

जन्ताभ्वाईस सम्वाददाता
२ भदौ , शनिबार , २०८०
कटारी /नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारीको छैंटो अधिवेशनले डिकबहादुर श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार परिषदको हलमा सम्पन्न निर्वाचनमा प्रतिष्पर्धि मनकुमारी भुजेललाई २ का विरुद्ध ७ मतको फराकिलो मतान्तरले श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
महासंघमा रहेका ९ भातृसंगठनका प्रतिनिधिहरुले मतदान गरेका थिए । त्यसैगरी उपाध्यक्षमा सन्तबहादुर सुनुवार , सचिवमा राजिव तामाङ्ग , कोषाध्यक्ष निशान राई , सह सचिवमा नविन मगर सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा योगेन्द्र दनुवार , सुष्मा गुरुङ्ग र देवी कुमारी माझी चयन भएका छन् । अध्यक्ष पदका पराजित उमेद्वार भुजेललाई समेत सदस्यमा चयन गरिएको छ । निर्वाचितहरुलाई प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ उदयपुरका अध्यक्ष डिबी गुरुङ्गले सपथ ग्रहण गराउनुभयो ।
कार्यक्रमको खुल्ला सत्रमा वोल्दै प्रमुख अतिथि गुरुङ्गले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनलाई विथोल्न भगवती पाण्डेलाई मगर र तामाङ्ग समुदायलाई आन्दोलन गर्न वाध्य बनाएको आरोप लगाउनुभयो । त्यसैगरी नेतृत्वमा युवा आउनुपर्ने गुरुङ्गको भनाई थियो ।
त्यसैगरी विशिष्ट अतिथि वुद्धिजिवी कुमारसिंह राईले लोकतन्त्र , गणतन्त्रको नाममा नेपालमा अभैm पनि निश्चित जातिले मात्रै शासन गर्दै आएको बताउनुभयो । पार्टीहरुको पछी लागेर केहि नहुने राईको भनाई थियो ।
कार्यक्रमा पूर्वअध्यक्ष दिपक माझी , ऋषि राई लगायत विभिन्न अतिथिहरुले मन्तव्य दिंदै आगामी दिनमा थप आदिवासी जनजातिको क्षेत्रमा काम गर्न आवश्यक रहेको बताएका थिए । सर्वसम्मत हुन नसकेपछी अध्यक्ष पदको निर्वाचनका लागि दिपक माझीको संयोजकत्वमा ऋषि राई र चिनिमाया तामाङ्ग सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन गराएको पूर्व अध्यक्ष केदार मगरले बताउनुभयो । अधिवेसनमा पूर्व सचिव पदम राईले सांगठानिक र आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।